Play

निर्बाचन आयोगले मागेका कागजात बुझाउन नसक्दा गगन थापा नेतृत्वको कांग्रेस अधाबधिकमा ढिलाई

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसमा बिशेष महाधिबेशन पछि पार्टीको १५औँ महाधिवेशन सम्पन्न भएर गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति निर्बाचित भएको भएपनी निर्बाचन आयोगमा अध्यावधिक हुन भने ढिलाइ भएको छ । निर्बाचन आयोगले मागेअनुसारका आवश्यक सबै कागजात बुझाउन नसकेपछि गगन थापा नेतृत्वको निराचित कार्यसमितिको अध्यावधिकमा ढिलाइ हुन् गएको बुझिएको छ ।  गत असोज १८ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनले गगन थापा सभापति रहेको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो ।

थापा नेतृत्वको कार्यसमितिका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा आयोगमा गएको एक टोलीले कात्तिक १६ गते नवनिर्वाचित कार्यसमिति अध्यावधिकका लागि कागजात पेस गरेको थियो ।  तर, अध्यावधिकका लागि आयोगले मागे अनुसारका कागजात बुझाउन नसकेपछि अधाबधिक गर्ने कार्य रोकिएको बताइएको छ।

आज मंगलबार पनि कांग्रेसका केहि नेताहरू निर्बाचन आयोगले मागेको थप कागजात पेस गर्न दिनभर कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका थिए । आयोगले मागेअनुसारको अर्को आवश्यक कागज नपुगेका कारण बुधबार कागज लिएर आउन भनिएको आयोगका एक पदाधिकारीले जानकारी दिएका छन ।

कांग्रेसमा बिशेष महाधिबेशन पछि आन्तरिक बिबाद बढेर गगन थापा नेतृत्व को समिति र १४ औं महाधिबेशनबाट निर्बाचित शेरबहादुर देउवाको समुहको समानान्तर गतिबिधिहरु चलिरहेका छन । पूर्वसभापति शेरबहादुर देउवा समूहले यो महाधिवेशनलाई नमान्ने भन्दै यही संसिर २१ देखि २३ गतेसम्म समानान्तर केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेर मातहतका तहमा अधिवेशन गर्ने क्रम जारी छ । त्यो अधिवेशनबारे पनि आयोगलाई देउवा समूहले जानकारी गराइसकेको र आयोगले त्यो जानकारी पनि दर्ता गरेको छ ।

१ मंसिर २०८३, मंगलवार १८:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा