Play

कास्कीका बसन्त कार्कीलाई जनसम्पर्क समिति क्यानाडाको संयोजकको जिम्मेवारी

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको नियमित १५ औं केन्द्रीय महाधिबेशन तयारी समितिले बिभिन्न मुलुकमा पार्टीको विदेशस्थित संगठन बनाउने क्रममा  नेपाली जनसम्पर्क समिति क्यानाडाको संयोजकमा टोष्टराज राज कार्की ( बसन्त ) लाई जिम्मेवारी दिएको छ।  विदेश स्थित नेपाली जनसम्पर्क समितिको अधिबेशन कार्तिक ३० गतेभित्र गर्ने जिम्मेवारी सहित कार्तिक १२ गते बिरेन्द्र राउतलाई संयोजक तोकिएको थियो

तर, जनसम्पर्क समिति क्यानाडाका नेता तथा कार्यकर्ताहरुले कार्तिक १७ गते नै लिखित अनुरोध गरे बमोजिम राउतलाई जिम्मेवारीबाट मुक्त गरि कार्कीलाई जनसम्पर्क समिति क्यानाडाको संयोजक तोकिएको पत्रमा जनाइएको छ ।

१५ औं केन्द्रीय महाधिबेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाद्वारा हस्ताक्षर गरिएको पत्रमा नेपाली काँग्रेसको स्थापित मूल्य मान्यतालाई आत्मसात गर्दै संगठन मजबुत बनाउने बिश्वास व्यक्त गर्दै कार्कीलाई संयोजक तोकिएको उल्लेख छ।  क्यानाडाको संयोजकको जिम्मेवारी पाएका बसन्त कार्की कास्कीको माछापुच्छ्रे गाउँपालिकाका हुन् उनि लामो समयदेखि क्यानाडामा बस्दै आएका छन।

३० कार्तिक २०८३, सोमबार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा