Play

गणेशमान सिंहको जन्म जयन्तीमा गणेशमान सिंह फाउन्डेसन गण्डकीको बिशेष कार्यक्रम

गुरुकुल खबर


पोखरा, नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर एबम लौहपुरुषका रूपमा परिचित व्यक्तित्व गणेशमान सिंह (वि.सं. १९६४–२०५६) को जन्म जयन्ती पोखरामा पनि मनाइएको छ। नेपालको राजनीतिक इतिहासमा त्याग, निष्ठा र प्रजातान्त्रिक मूल्यप्रति अडिग रहेको नेताको रुपमा स्थापित गणेशमान सिंहको जन्म जयन्ती देशभर बिभिन्न कार्यक्रम गरेर मनाउने क्रममा पोखरामा गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले पनि मंगलवार बिशेष कार्यक्रम आयोजना गरेर मनाएको हो।

पोखराको नालामुखमा रहेको गणेशमान सिंहको शालिक परिशरमा आयोजित कार्यक्रममा स्व. सिंहको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्दै नेपाली काँग्रेसका नेता एबम १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बरालले राजनीतिक स्वतन्त्रतासँगै देशमा रोजगारी सिर्जना, गरिबी निवारण र जनताको जीवनस्तर सुधारका लागि गणेशमान सिंहले आर्थिक क्रान्ति आवश्यक छ भन्ने मान्यता राखेको बताए। उनले वर्तमान अबस्थामा नेपाली काँग्रेसमा देखिएका विवाद र अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएका त्याग, आदर्श र निष्ठाको बाटोमा अग्रसर हुनुपर्ने कुरामा समेत जोड दिए।

नेपाली काँग्रेस बिशेष महाधिबेशनबाट निर्बाचित केन्द्रिय सदस्य कृष्ण केसीले राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको नेतृत्वमा भएको संघर्षमा सिंहको भूमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै उहाँकै दृढ नेतृत्व र निर्देशनमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएको स्मरण गरे।

गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजाबाट प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई अस्वीकार गरि आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गरेर गणेशमान सिंहले उच्च राजनीतिक संस्कार र त्यागको उदाहरण प्रस्तुत गर्नुभएको बताए।

कार्यक्रममा फाउन्डेसनका गण्डकी प्रदेश सदस्य कुमार रानाले गणेशमानको जस्तो त्याग राजनीतिक र राज्य संचालन गर्नेहरुमा हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसको बिभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो सहभागीहरुले गणेशमानको शालिकमा माल्यार्पण र पुष्पार्पण गर्नुको साथै शालिक परिसरमा सरसफाई समेत गरेका थिए ।

२५ कार्तिक २०८३, बुधबार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा