Play

धर्मकाया बुद्ध मण्डलाका विशेष प्राविधिकहरुलाई काँहुडाडामा स्वागत

गुरुकुल खबर


पोखरा | पोखरामहानगरपालिका वडा नं.११ काँहुडाडामा धर्मकाया बुद्ध मण्डलाको विशेष प्राविधिकहरुलाई स्वागत गरिएकोछ।

मण्डलाको अन्तिम डिजाइनका लागि सिंगापुरबाटआएका क्याथरिनको प्राविधिक समुह र काठमाण्डौंबाट आएका आर्किटेक्ट इञ्जिनियर स्वरुप गुरुङसहितको टिमलाई धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समिति एवम काँहुबासीको तर्फबाट स्वागत गरिएको हो।

धर्मकाया बुद्ध मण्डलाको निर्माणका तयारीको क्रममा धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको प्रमुख संरक्षक साङ्पा रिम्पोछेको अगुवाइमा विशेष प्राविधिक समुह काँहुडाडा आएका हुन् । । उक्त टिमले केही वर्ष अघि धर्मकाया बुद्ध मण्डलाको प्रारम्भिक डिजाइन गरेको थियो।

विशेष प्राविधिक टिमले मण्डला निर्माणको अन्तिम डिजाइन निर्माण गर्नका लागि निर्माण स्थलको दिनैभर स्थलगत अवलोकन समेत गरेको छ।
स्वागत कार्यक्रममा धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिका प्रमुख संरक्षक साङ्पा रिम्पोछेले मण्डला निर्माणको अन्तिम डिजाइनसगै निर्माण कार्य प्रारम्भ गरिने बताए |

विशेष प्राविधिक टोलीका प्रमुख क्याथरिनले आफुहरुको तर्फबाट सक्दो राम्रो मण्डला निर्माणका लागि सहयोग हुने बताईन् ।
धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले आगामी दिनमा पनि सबैको सहयोगको आग्रह गरिन् । कार्यक्रम समितिका सचिव पुर्ण लामाले सञ्चालन  गरेका थिए ।

११ चैत्र २०७८, शुक्रबार १४:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा