पाेखरा,पोखरा महानगरपालिका- ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयको वार्षिक कार्यतालिका अनुसार ४०औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ शुक्रवार सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बेलुन उडाएर प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए। मन्टेश्वरी देखि ५ कक्षा सम्मका विद्यार्थीको खेलकुद भने १५ गतेदेखि नै सञ्चालन गरिएको थियो ।
त्यस अवसरमा विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए भने अध्यक्ष पालिखेले मार्चपासको सलामी ग्रहण गरेका थिए। प्रतियोगिता अवधिभर करिब नौ सय विद्यार्थीहरूले अन्तर सदनात्मक तथा खुल्ला गरी विभिन्न विधाका खेलकुदमा भाग लिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले जानकारी दिए ।

अन्तर सदनात्मक रुपमा सञ्चालन गरिएको कक्षा ४ देखि ६ सम्मको छात्र फुटबलमा लालीगुँरास सदन प्रथम भएको छ भने यती सदन द्वितीय भएको छ। त्यस्तै कक्षा ७ र ८ को छात्र फुटबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ। सिनियर फुटसल छात्रतर्फ यती सदन प्रथम र लालीगँरास सदन द्वितीय भएको छ।
त्यस्तै छात्रा फुटसलतर्फ लालीगुँरास सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ । सिनियर बास्केटबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ । कक्षा ८ देखि १० सम्मको भलिबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र यती सदन द्वितीय भएको छ।

कक्षा ६ देखि १० सम्मको छात्रा भलिबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ । त्यस्तै रस्साकस्सी छात्रतर्फ यती सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ भने छात्रातर्फ कुमारी सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ।आधारभूत तह स्तरीय छात्र कबड्डीमा यती सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ ।

प्रतियोगिता अवधिभर विभिन्न खुल्लातर्फका खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । छेलो फाल्ने खेल अन्तर्गत आधारभूत तह छात्रतर्फ कक्षा ८(ख) को सनराइज पुन प्रथम, कक्षा ७(क) को रोहिल गुरुङ द्वितीय र कक्षा ७( ग) को मनिष गुरुङ तृतीय भएका छन् ।भने छात्रातर्फ कक्षा ७(ग) की मञ्जु राई प्रथम,कक्षा ८( ख ) की दीक्षा श्रेष्ठ द्वितीय र कक्षा ८( ग) की ग्रेसी गुरुङ तृतीय भएका छन् ।

माध्यमिक तह (९-१०) को छेलो खेलमा छात्रतर्फ एलिश आउजी (९ ग) प्रथम, रिधान शेरचन (१० क) द्वितीय र सोहन श्रीश १०(क) तृतीय भएका छन भने छात्रातर्फ एन्सी तिलिजा पुन प्रथम , कोमल गुरुङ द्वितीय र अश्लेषा सुवेदी तृतीय भएका छन्। टेबलटेनिसमा कक्षा १०( ख) को एञ्जल पुन प्रथम, कक्षा ९(क) को आर्यन शाह द्वितीय र १० ( ग) को सम्पन्न लिगल तृतीय भएका छन्।
ब्याडमिन्टन छात्रातर्फ कक्षा १० (क )की रिम्सा श्रेष्ठ प्रथम, कक्षा १० (ग) की जोयना गुरुङ द्वितीय र कक्षा ९ (ख) की शिवानी राई तृतीय भएका छन् । त्यस्तै आधारभूत तह स्तरीय छात्रा ब्याडमिन्टनतर्फ कक्षा (७ ) की अविना भुजेल प्रथम, कक्षा ७ (क) की गृहाना गुरुङ द्वितीय र कक्षा ७ (ग) मञ्जु राई तृतीय भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।
















