पोखरा, नेपाली काँग्रेसमा नियमित महाधिबेशन पक्षधर अर्थात डा. शशांक कोइराला नेतृत्वको १५ औं महाधिबेशन तयारी समिति अन्तर्गत स्याङ्गजा जिल्लामा सबै तहको अधिबेशन सम्पन्न भएको छ। बुधबार सम्पन्न जिल्ला अधिबेशनबाट सभापति पदमा पार्टीका पुर्व जिल्ला सचिब इन्द्रबहादुर गोदार सर्वसम्मत निर्बाचित भएका छन। नेपाली काँग्रेसको आठौँ महाधिवेशनदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय गोदारले २०५९ सालमा जिल्ला सहसचिव र २०६९ सालमा जिल्ला प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । गोदार नेतृत्वको नेपाली काँग्रेस जिल्ला समितिको उपसभापति खगराज भट्टराई र सचिवमा भुपराज काफ्ले निर्बाचित भएको स्याङ्गजा कांग्रेसका पुर्व सभापति कुमार रानाले गुरुकुल खबरलाई जानकारी दिए।
यस अगाडी सम्पन्न क्षेत्रिय एबम प्रदेश सभा निर्बाचन क्षेत्रको अधिबेशनले स्याङ्गजाको निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा नरेन्द्र शर्मा मरासिनी र सचिवमा पृथ्वी अधिकारी तथा सोही क्षेत्रको प्रदेश क को सभापतिमा केदार शर्मा उपाध्याय र प्रदेश ख को सभापतिमा इन्द्रबहादुर मास्कीलाई निर्बाचित गरेको थियो। यसैगरी निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय सभापतिमा विश्वास बोगटी र सोही क्षेत्रको प्रदेश क को सभापतिमा तारक बहादुर थापा ( कृष्ण ) र प्रदेश ख को सभापतिमा कृष्ण देवकोटा निर्बाचित भैसकेका छन। सम्बन्धित तहको अधिबेशनले सम्बन्धित तहको कार्यसमिति चयन गरिसकेको बुझिएको छ।

यसैगरी क्षेत्र न. १ को क्षेत्रिय अधिबेशनबाट तारापति सुवेदी, मेखलाल श्रेष्ठ, बुद्धिबहादुर राना (कुमार), इन्द्रबहादुर गोदार, नारायणप्रसाद पौडेल, इन्द्र रिजाल, पशुपति पोखरेल, प्रा डा. यामबहादुर क्षेत्री, रामप्रसाद देवकोटा, कृष्ण केसी, खगेन्द्र अर्याल, लक्ष्मी प्रधान, पवन नेपाल, राजकुमारी गुरुङ र मखमली श्रेष्ठ महाधिबेशन प्रतिनिधिमा निर्बाचित भएका छन। त्यस क्षेत्रबाट महाधिबेशन प्रतिनिधिमा निर्बाचित हुने अन्य नेताहरुमा ऋषि पोखरेल, सागर वाग्ले, कामना रानाभाट, असिम भण्डारी, स्नेहा परियार, टेकप्रसाद सुवेदी, टेकुमारी केसी, खड्कबहादुर दर्जी, नारायणप्रसाद ढकाल, याम राना, दिलबहादुर क्षेत्री, सम्पूर्णमान श्रेष्ठ, प्रकाश पौडेल, मनु श्रेष्ठ गुरुङ, तारा अर्याल, खिमकुमारी थापा, कोपिला बिक, ज्योति राना, हिरा रोकाहा र निर्मला अर्याल पनि महाधिबेशन प्रतिनिधिमा निर्बिरोध निर्बाचित भएका छन।
स्याङ्गजाको क्षेत्र न. २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा शंकरप्रसाद पाण्डे, महेन्द्र श्रेष्ठ, राम बहादुर श्रेष्ठ, यामप्रसाद पाण्डे, लिलबहादुर रनपाल, हिमलाल पोखरेल (बाबुराम), शालिकराम देवकोटा, प्रेम गुरुङ, शिव शर्मा, जीवन न्यौपाने, भुपराज काफ्ले, दिपक रोकाहा, माया राना, कमला घिमिरे, सीता डुम्रे, चुत्रकुमारी थापा (दुर्गा) रहेका छन। यसैगरि सानोबाबु सुनुवार, देवी अर्याल, बासु श्रेष्ठ, बालचन्द्र लम्साल, अमरसिंह नेपाली, लिलबहादुर राना, उमा श्रेष्ठ, देवका राना, सीता भण्डारी, सोनम रणपाल, सुवास पाठक, आकृति पोखरेल, विश्वास पंगेनी, मेलिना राना, कुम्बराज गुरूङ, गोपाल भट्टराई, रामप्रसाद ढुङ्गाना र पदमबहादुर क्षेत्री पनि महाधिबेशन प्रतिनिधि निर्बाचित भएको छन।
नेपाली काँग्रेसको अधिबेशनमा स्याङ्गजा जिल्लास्थित बिभिन्न पालिकाबाट युवा कार्यकर्ताहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो। कांग्रेस नेता कुमार रानाका अनुसार गाउँ गाउँबाट नियमित महाधिबेशनको पक्षमा युवाहरु सक्रिय बनेर अधिबेशनमा सहभागी बनेका थिए। जसका कारण अधिबेशनबाट बनेको कार्यसमिति र प्रदेश एबम केन्द्रिय महाधिबेशन प्रतिनिधिमा समेत युवाहरुको प्रतिनिधित्व उत्साहजनक बनेको छ।

पार्टीको पालिका तह, प्रदेश निर्बाचन क्षेत्र तह र संघिय निर्बाचन क्षेत्र तहको अधिबेशन केहि दिन अगाडी सम्पन्न भएको भएपनि जिल्ला अधिबेशन भने बुधवार मात्र सम्पन्न भएको थियो। अधिबेशनको उद्घाटन समारोहमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम नेपाल सरकारका पुर्वमन्त्री शंकर भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्नेमा जोड दिंदै बिशेष महाधिबेशनबाट निर्बाचित नेतृत्वले कांग्रेसको आधिकारिकता लिनको लागि गरेको तिकडम अहिले सार्बजनिक भएको बताए ।

अधिबेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारी सहित कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सरकारका अर्थमन्त्री एबम बाग्लुंग कांग्रेसका सभापति जीत शेरचन, पर्वत कांग्रेसका सभापति यमबहादुर मल्ल, कास्की कांग्रेसका सभापति ऋषिराम काफ्ले, अग्रज नेताहरु शंकर पाण्डे, मणिभद्र शर्मा कंडेल, तारापति सुबेदी, प्रदिप पौडेल, नवराज गुरुङ लगायतले कांग्रेसको आधिकारिकता आँफुहरुको पक्षमा आउने बिश्वास व्यक्त गरेका थिए।

समारोहमा नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य एबम कास्की कांग्रेसका नेता गंगाधर पराजुली, प्रचार बिभागका केन्द्रीय सदस्य एबम स्याङ्गजाका नेता इन्द्र रिजाल, पर्वत कांग्रेसका नेता विश्वप्रकाश प्रसाईं, स्याङ्गजाका नेता याम राना, महासमिति सदस्य माया राना, प्राडा. यमबहादुर क्षेत्री, क्षेत्रिय सभापति नरेन्द्र मरासिनी, राष्ट्रिय स्वतन्त्र पार्टीका बेदप्रसाद दोरंगा, नेकपाका शंकरध्वज कार्की, राप्रपाका केन्द्रीय सदस्य मदनबहादुर कार्की लगायतले पनि कांग्रेसले राष्ट्र र जनताको पक्षमा आँफुलाई उभ्याउनु पर्नेमा जोड दिंदै पछिल्लो समय नियमित महाधिबेशन पक्षधरहरु प्रति बिभिन्न जिल्लामा आकर्षण बढ्दै गएको बताएका थिए।

यसैबीच नेपाली काँग्रेस स्याङ्गजाका नवनिर्बाचित सभापति इन्द्रबहादुर गोदार सहितका नेताहरुको टोलीले शुक्रबार स्याङ्गजा जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति लगायतका सरकारी कार्यालयमा पुगेर सम्बन्धित कार्यालयका प्रमुखहरुसंग परिचायत्मक कार्यक्रम गरेको जनाएको छ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री मेखलाल श्रेष्ठ र कांग्रेसका पुर्व जिल्ला सभापति बुद्धिबहादुर राना ‘कुमार’ सहितको टोलीले सरकारी कार्यालयमा पुगेर नेपाली काँग्रेसले आंफ्नो जिल्ला अधिबेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको अबस्थामा सोही समितिलाई आधिकारिक कांग्रेसको प्रतिनिधिको रुपमा सहभागी गराउने ब्यबस्था गर्न माग गरेको थियो।















