Play

नेपाली कांग्रेस नियमित महाधिबेशन पक्षधर नेविसंघको अध्यक्षमा श्रृजना मल्ल मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस नियमित १५ औं महाधिबेशन तयारी समितिले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । महाधिबेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन पक्षधरको कास्की जिल्ला अधिबेशनको उद्घाटन गर्न पोखरा आएका कोइरालाले नेबिसंघकी नेतृ मल्ललाई अध्यक्षमा नियुक्त गरेको पत्र पोखरामा नै हस्तान्तरण गरेका हुन। मल्ल काठमाडौँमा बस्दै आएको भएपनि केहि दिन देखि आंफ्नो गृह जिल्ला पर्वतमा रहेको र पार्टीको कास्की जिल्ल्ला अधिवेशनमा सहभागी बन्न पोखरा आएकी थिईन।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी मल्ल पछिल्लो समय कानुन संकायमा अध्ययनरत छिन उनि २०७२ मा नेविसंघ महेन्द्र ज्योती उच्च मावि इकाइ समितिको अध्यक्ष, २०७३ सालमा धुवाकोट महाशिला क्याम्पसको स्ववियु सभापति, २०७४ सालको स्थानीय तहको निर्बाचनमा महाशिला गाउँपालिकाको उपाध्यक्षको उमेदवार र नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा पार्टीको महाधिबेशन प्रतिनिधि बनेकी थिईन।

नेविसंघका पुर्व अध्यक्ष डुजांग शेर्पा नेतृत्वको नेपाल बिधार्थी संघको केन्द्रीय कार्यसमितिको सदस्य रहेकी मल्ललाई नेपाली काँग्रेस (शेर बहादुर देउवा, डा. शशांक कोइराला पक्ष)ले केन्द्रीय अध्यक्षमा मनोनित गरेपछि आँफुलाई बिश्वास गरेर दिइएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको गुरुकुल खबरसंग बताइन।

पर्वतको महाशिला गाउँ पालिका घर भएकी मल्लले नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको बिशेष महाधिबेशन आव्हान गरेदेखि नै बिशेष महाधिबेशनको बिपक्षमा अर्थात पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा अभिव्यक्ति दिंदै आएकी थिईन।

 

१६ कार्तिक २०८३, सोमबार ००:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा