Play

धितो पत्र बोर्डको नयाँ निर्देशन: एकै दिन १० लाख बढीको कारोबार भएमा विवरण बुझाउनुपर्ने

गुरुकुल खबर


काठमाडौँ, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा हुने कारोबारलाई पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८३ लागू गर्दै ठूला र शंकास्पद कारोबारको निगरानी बढाउने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार एकै दिनमा एकै पटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भएमा त्यसको विवरण १५ दिनभित्र वित्तीय जानकारी इकाई (एफआईयू) मा बुझाउनुपर्नेछ। कारोबारमा कुनै अस्वाभाविक गतिविधि देखिएमा भने तीन दिनभित्रै शंकास्पद कारोबारको प्रतिवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

बोर्डले २०८३ साल असोज ३० गतेदेखि लागू हुने गरी जारी गरेको निर्देशनले सेयर बजारमा काम गर्ने संस्था तथा कम्पनीलाई ग्राहकको पहिचान र कारोबारको निगरानीमा थप जिम्मेवार बनाएको छ। ग्राहकको वास्तविक स्वामित्व कसको छ भन्ने पहिचान गर्नुपर्ने र त्यससम्बन्धी विवरण कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।

नेपाली नागरिकको पहिचान राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख, बायोमेट्रिक वा अन्य विद्युतीय माध्यमबाट गर्न सकिनेछ। उच्च जोखिम भएका ग्राहक तथा कारोबारमा थप जाँच गर्नुपर्नेछ भने कम जोखिम भएकाका लागि सरल प्रक्रिया अपनाउन सकिनेछ।

निर्देशनले सेयर खरिदबिक्रीको रकम भुक्तानीमा पनि सीमा तोकेको छ। अब यस्तो भुक्तानी एकाउन्ट पेयी चेक वा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्नेछ। साथै, आतङ्ककारी गतिविधिमा संलग्न भनी सूचीकृत व्यक्ति वा संस्थाको धितोपत्र तथा कोष तत्काल रोक्का गरी तीन दिनभित्र बोर्ड र वित्तीय जानकारी इकाईलाई जानकारी गराउनुपर्नेछ।

निर्देशन पालना नगर्ने संस्था, सञ्चालक वा कर्मचारीलाई कसूरको गम्भीरताअनुसार १० लाखदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। जिम्मेवारीबाट हटाउने वा अन्य विभागीय कारबाहीसमेत गर्न सकिने व्यवस्था छ।

१ कार्तिक २०८३, शनिबार २०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा