Play

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

गुरुकुल खबर


नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिनुहुने सुप्रसिद्ध साहित्यकार श्री कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान गर्नुहुने मुक्तक सम्राज्ञी श्रीमती उषा शेरचनलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ ।

सोही अवसरमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण हुनेछन् ।वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

७ चैत्र २०७८, सोमबार १३:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा