Play

टार्गेट इन्टरनेशनल एजुकेसन स्थापनाको १० औं वर्ष पुरा

गुरुकुल खबर


पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको टार्गेट इन्टरनेशनल एजुकेसन प्रा.लि.ले आफ्नो स्थापनाको १० औं वर्ष पुरा गरेको छ। सन् २०१२ मा स्थापित टार्गेट इन्टरनेसनल एजुकेशनले विशेष गरि अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत, डेनमार्क तथा अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा निरन्तर प्रबाह गर्दै आइरहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त टार्गेटले पोखरामा रहेर विदेशस्थित कैयन ख्यातिप्राप्त कलेज तथा विश्वविद्यालयहरुको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेको छ ।

गुणस्तरीय र विश्वसनीय सेवामा समर्पित यस संस्थाले टिआईटिआई, क्युइएसि, आइसिईएपÞm, ब्रिटिश काउन्सिल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट तालिमप्राप्त दक्ष परामर्शदाताहरुबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । साथै, विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीहरुको लागि अनिवार्य रहेको आइएल्टिएस तथा पिटिई लगायतका पूर्वतयारी कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ । टार्गेट इन्टरनेसनल एजुकेशनले यसै वर्ष काठमाडौं लगायत देशका अन्य सहरमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना बनाइरहेको छ ।

१० वर्षको समयमा टार्गेटले यस क्षेत्रका धेरै विद्यार्थी तथा अभिभावकहरुको विश्वास जित्न सफल भएको संस्थापक तथा प्रवन्ध निर्देशक भुवन क्षेत्रीले बताए । इक्यान कास्कीका निबर्तमान अध्यक्षसमेत रहेका क्षेत्रीले शैक्षिक परामर्श सेवालाई विद्यार्थीहरुको भविश्य निर्माणको सहयात्री बन्ने पेशाको रुपमा लिएको र आफू शैक्षिक परामर्श व्यवसायी हुनुमा गर्व अनुभूत गरेको बताउछन् ।

७ चैत्र २०७८, सोमबार १३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा