चितवन, नेपाली काँग्रेस चितवनका युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा चितवन क्षेत्र नं ३ बाट खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा खल्ला उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रसको राजनीतिसँगै विभिन्न सामाजिक काममा सक्रिय नेता गुरुङ युवा माझ लोकप्रिय मानिन्छन ।
गत भदौ १० गते रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उनकै नेतृत्वमा नेपाल तरुण दल चितवनले राहत सामाग्री वितरण गरेको थियो । गत फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस चितवन क्षेत्र नं ३ को युवा संयोजक रहेका थिए।
१५ औँ महाधिवेशनबाट नेपाली काँग्रेसमा युवा नेतृत्वको आवश्यक रहेको बताउँदै अग्रजहरुको आशीर्वाद र युवाहरुको साथमा आफुले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिइएको गुरुङले बताए । उनले चितवन क्षेत्र नं ३ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा इकाइ सभापति समक्ष आफुलाई मतदान गरि विजयी गराइदिन समेत आग्रह गरेका छन् ।













