Play

काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको त्रिपुरेश्वस्थित राहदानी बिभाग अगाडी एउटा बसमा आगलागी भएको  घटनामा घाइते भएका चालकको अबस्था गम्भीर रहेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार, ऋद्धिसिद्धि यातायातकोबा ५ ख ४२७४ नम्बरको उक्त बस मूलपानी देखि थानकोट रुटमा चल्ने गरेको हो । गाडीमा आगो लाग्दा बसमा चालक दावा लामा मात्र रहेकोमा उनी पनि गम्भीर घाइते भएका र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका चालक २५ वर्षीय दावा लामाको अवस्था निकै गम्भीर छ । उनलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको थियो।अस्पतालका निर्देशक निदिना ताम्राकारका अनुसार बस चालकको अवस्था निकै गम्भीर छ । उनले भनिन्, “अवस्था निकै गम्भीर छ । शरीरका अधिकांश भाग जलेको छ ।” आगो लाग्दा चालक लामा बसभित्रै थिए । उनैले आगो लगाएको प्रहरीको आशंका गरेको भएपनि अनुसन्धान जारी छ ।

कतिपयले चालक आफैँले आगो लगाएको हुन सक्ने आशंका प्रकट गरेका छन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले दिएको जानकारी अनुसार बसमा आगो लागेपछि प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याइएको थियो । आगो लाग्दा बसको मुख्य ढोका र चालक सिटपट्टिको ढोका पनि बन्द रहेको थियो । ढोका फोडेर उनको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।

बसमा लागेको आगो निभाउने प्रयास गरिएको भएपनि प्रहरीले आगो निभाउने प्रयास गर्दा झन्झन् दन्किँदै थियो । बसमा लागेको आगो उक्त स्थान नजिकैको विद्युत्, टेलिफोन र इन्टरनेटका तारमा समेत सल्किएको थियो । आगो निभाउने प्रहरीको प्रयास सफल  नभएको कारण करिब २० मिनेटपछि काठमाडौं महानगरपालिकाको एउटा दमकल घटनास्थलमा आइपुगेको थियो ।

दमकल आइपुगे पनि करिब १० मिनेट त्यसले पानी फ्याँक्न सकेन । अग्निनियन्त्रकले दमकलको पाइपबाट पानी फ्याँक्ने प्रयास गरेका थिए । तर, दमकलले पानी फ्याँक्न नसकेको र त्यति नै बेला घटनास्थलमा नेपाली सेनाको दमकल आइपुगेको थियो  ।  त्यसपछि मात्र काठमाडौं महानगरपालिकाको दमकलबाट पानी फ्याँक्न सम्भव भयो । सँगै सेनाको दमकलको समेत सहायतामा बसमा लागेको आगो निभाउन सुरु गरिएको थियो । बसमा लागेको आगो लगभग आफैँ निभ्ने अवस्था भएको बेलामा त्यहाँ रहेका दुईवटा दमकलको समेत सहयोगमा आगो निभाइएको थियो ।

महानगर प्रहरी बलका डीएसपी लीलाराज गाछा थापामगरले सुरुमा महानगरको दमकलको एक्सेलेटरमा समस्या आएर पानी फ्याँक्न नसकेको स्पष्ट पारे । एक्सेलेटर थिचेपछि वाटर पम्पबाट पानी जानुपर्थ्यो, केही बेर गएन । हामीले उत्तिखेरै बनायौँ र आगो निभाउन सुरु गरेका थियौँ ।” उनले भने ।

५ आश्विन २०८३, सोमबार १६:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा