काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनको भ्रमण सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयले एक बिज्ञप्ती मार्फत सोमबार सार्बजनिक रुपमा जानकारी दिएको हो ।
चिनिया विदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा राष्ट्रपति सीले अमेरिकाको औपचारिक भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म (असोज ७ गतेदेखि ९ गतेसम्म) हुने उल्लेख गरिएको छ ।
उनका समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक निमन्त्रणमा चिनिया राष्ट्रपति अमेरिका भ्रमणमा जान लागेका हुन् । यसअघि गत शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे सोधेका थिए ।
त्यसक्रममा ट्रम्पले भनेका थिए– ‘हाम्रो सम्बन्ध राम्रो छ, उहाँ आगामी हप्ता आउनुहुन्छ । हाम्रो बैठक निकै राम्रो हुनेछ ।’













