Play

भोटेकोशी बाढीबाट पिडितको राहत र उद्वारकोलागि गरिमा विकास बैंकको ५१ लाख बढी सहयोग

गुरुकुल खबर


पोखरा, भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले ५१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी र बैंकको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका कर्मचारीले एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको हो। बाढीपछिको कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले गुरुकुल खबरलाई जानकारी दिए।

यसैगरी, गरिमा विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासँग सम्बन्धित कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय निकायसँगको समन्वयमा उक्त सहयोग परिचालन गरिने बैंकले जनाएको छ।

बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन स्थानीय समुदाय, सरकारी तथा सुरक्षा निकाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको बैंकले जनाएको छ।

१ आश्विन २०८३, बिहीबार ११:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा