Play

कांग्रेसको १५ औं महाधिबेशनमा कार्यतालिका बिबाद: पांच जिल्लासहित केहि वडामा कार्यबाहक सभापति

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यक्रम अन्तर्गत यहि असोज ३ गतेबाट निर्धारित वडा अधिवेशनको प्रक्रिया शुरु नगरेको आरोपमा पार्टीको केन्द्रीय समितिले नेपाली काँग्रेस बागलुङ सहित कञ्चनपुर, कैलाली, डोटी र मुगु गरी ५ जिल्लामा कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ। पार्टीको यो निर्णयसंगै केन्द्रका नेताहरुमा देखिएको बिबाद जिल्ला र तल्लो तहमा स्पष्ट देखिएको छ।

नेपाली काँग्रेस बाग्लुंगका सभापति जीत शेरचन गण्डकी प्रदेश सभाका सदस्य एबम प्रदेश सरकारका अर्थमन्त्री समेत हुन भने मुगुका सभापति ऐनबहादुर शाही प्रतिनिधि सभाका सदस्य समेत हुन । अन्य जिल्लाका पनि निर्बाचित सभापतिको ठाउँमा कार्यबाहक तोकेर अधिबेशनको प्रक्रिया अगाडी बढाउन लागिएको हो। कांग्रेस भित्र गगन थापा नेतृत्वको केन्द्रीय समितिले असोज ३ गतेबाट वडा अधिबेशनको प्रक्रिया शुरु गर्ने कार्यतालिका सार्बजनिक गरेको छ भने शेरबहादुर देउवाको समुहले असोज १५ गतेबाट वडा अधिबेशनको प्रक्रिया शुरु गर्ने तालिका सार्बजनिक गरेको छ । पार्टीका नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्काले भने दुवै समुहले सार्बजनिक गरेको कार्यतालिकामा समाबेश नहुने बताएको छन ।

देशका कतिपय वडामा पनि कांग्रेसको वडा समितिले असोज ३ गतेबाट अधिबेशनको प्रक्रिया शुरु नगरी असोज १५ गतेबाट मात्र शुरु गर्ने जनाएको कारण सम्बन्धित वडाका वडा सभापतिको ठाउँमा पनि कार्यबाहक तोकेर अधिबेशनको प्रक्रिया अगाडी बढाउन लागिएको छ। बाग्लुंगका कांग्रेस सभापति शेरचनको ठाउँमा केन्द्रीय कार्यसमितिले बागलुङका उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापति तोकेर अधिबेशनको प्रक्रिया अगाडी बढाउन जिम्मेवारी दिएको हो ।

पाँच जिल्लाका बहालवाला सभापतिहरूले असोज ३ गतेदेखि निर्धारित महाधिवेशनको प्रक्रिया अघि बढाउन असमर्थता जनाएको कारण केन्द्रीय समितिले नयाँ जिम्मेवारी तोकेर अधिवेशन सञ्चालन गर्ने बाटो खोलेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार ‘जिल्ला सभापतिहरूले अधिवेशन गराउन नसक्ने बताएपछि केन्द्रले कार्यवाहक तोकेर प्रक्रिया अघि बढाएको हो ।’ सांगठनिक अन्योलका कारण नियमित महाधिवेशन प्रक्रिया अघि बढ्न नसकेपछि केन्द्रले यस्तो निर्णय लिन बाध्य भएको केन्द्रको भनाई छ।

कार्यवाहक सभापतिको जिम्मेवारी पाएलगत्तै पौडेलले बुधबार नै अधिवेशनको तयारीका लागि बैठक डाकेका छन् । उक्त बैठकमा केन्द्रीय सदस्यहरू चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय, टेकराज पौडेल र भिम श्रीसको उपस्थिति थियो । साथै पूर्व सभापतिहरू हरिप्रसाद श्रेष्ठ र प्रकाश शर्मा पौडेल पनि छलफलमा सहभागी भएको बताइएको छ।

यसैबीच केन्द्रले गरेको निर्णयको केहि जिल्लास्तरीय नेता कार्यकर्ताहरुको बैठकले बिरोध समेत गरेको छ । मुगु जिल्लामा बसेको कांग्रेस नेताहरुको बैठकले असोज १५ बाट मात्र वडा अधिबेशन शुरु गर्ने निर्णय गर्दै महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

१ आश्विन २०८३, बिहीबार १०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा