Play

बाढीबाट प्रभावित नागरिकको लागि पोखराको ग्यालेक्सी माबिको ५ लाख बढीको सहयोग

गुरुकुल खबर


पोखरा, न्यू ग्यालेक्सी मावि पोखरा–३ नदिपुरले भोटेकोशी नदीमा आएको बिनासकारी बाढीका कारण प्रभावित नगारिकहरुको राहत तथा उद्वारको लागि ५ लाख १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।  पोखराको नदिपुरस्थित न्यू ग्यालेक्सी माध्यमिक विद्यालयले हिसान कास्की मार्फत ३ लाख १७ हजार ७ सय ७७ र एन प्याब्सन कास्की मार्फत २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । उक्त विद्यालय हिसान र एन प्याब्सनमा आवद्ध भएकोले दुवै संस्थामार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त रकमको चेक न्यू ग्यालेक्सी माध्यामिक विद्यालयका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, विद्यालयका निर्देशक तथा एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु कायस्थ, भाइस प्रिन्सिपल राजेश श्रेष्ठले हिसानका केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष पुरन कुँवर, एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीलेलाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरेका थिए ।

त्यस अबसरमा बोल्दै प्रिन्सिपल शर्माले प्राकृतिक विपद् कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएकोले विपद्का बेला सबै क्षेत्र एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने बताए। विपद्का बेला हामीले पीडितको दुःखलाई आफ्नै दुःखका रूपमा अनुभूति गर्न सक्नुपर्छ। राहत रकमको आकारभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना महत्वपूर्ण हुन्छ’ उनले भने, ‘शैक्षिक संस्थाले विद्यार्थीलाई पढाउने मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि सिकाउनुपर्छ।’

आफ्नो क्षमताअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा योगदान गर्न पाउनु विद्यालय परिवारका लागि गौरवको विषय भएको विद्यालयका निर्देशक राजु कायस्थको भनाई थियो। विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

३० भाद्र २०८३, मंगलवार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा