Play

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी सीईओ श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’

गुरुकुल खबर


काठमाडौँ, सरकार र निजि क्षेत्रको संयुक्त लगानीमा संचालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाले आइतबार आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत र सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा श्रेष्ठलाई सम्मान गरेका थिए ।  साल्ट ट्रेडिङको नेतृत्व गर्दै आएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारण सभाबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघि उनी नेपाल महिला चेम्बरकी अध्यक्षसमेत रहेकी थिइन् ।

साल्ट ट्रेडिङको नेतृत्वमा रहेर श्रेष्ठले आवश्यक वस्तुको सहज आपूर्ति, बिक्री वितरण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्दै आएकी छन् । विपद् तथा संकटका समयमा समेत आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस पटक भोटेकोशीमा आएको बाढीका कारण पिडित र प्रभावितहरुको लागि राहतको लागि कर्पोरेसनले नगद र जिन्सी पनि सहयोग गरेको थियो।

श्रेष्ठ महिला उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा समेत सक्रिय छिन् । नेपाल महिला चेम्बरमार्फत उनले वित्तीय साक्षरता, व्यावसायिक तालिम, उद्यम प्रवर्द्धन तथा महिला र युवा उद्यमी लक्षित विभिन्न कार्यक्रमको नेतृत्व गरेकी छन् ।उनी युरोपियन इकोनोमिक चेम्बरकी उपाध्यक्ष, इन्टरनेसनल चेम्बर अफ कमर्सकी कार्यकारिणी सदस्य तथा नेपाल–भियतनाम चेम्बर अफ कमर्सकी वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

व्यावसायिक नेतृत्व तथा महिला उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’ प्रदान गरिएको आयोजक सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले गुरुकुल खबरलाई जानकारी दिए ।

३० भाद्र २०८३, मंगलवार १२:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा