Play

भागवत भाष्कर पण्डित कमलनयन गौतमलाई मातृशोक

गुरुकुल खबर


पोखरा, राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष एबम भागवत भाष्कर पण्डित कमलनयन गौतमसमेतलाई मातृशोक परेको छ। पण्डित गौतमकी आमा भगवती गौतमको ६९ बर्षको उमेरमा आंफ्नो निवास पोखरा -१५ मा निधन भएको हो । घरमा सामान्य अबस्थामा रहेकै बेला अचानक असहज महसुस भएको बताएपछि करिब १५ मिनेट भित्रमा नै अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा चिकित्सकहरुको सल्लाह अनुसार तत्काल शल्यक्रियासहित उपचारका सबै प्रयास गरिएको भएपनि सोही दिन अर्थात भदौ १७ गते बेलुका उनको निधन भएको स्व. गौतमका भाइ तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन। ‘बाल्यकालदेखि कलेज जीवन हुँदै व्यावसायिक, सामाजिक तथा राजनीतिक यात्राका हरेक क्षणमा सकारात्मक भावना, अभिभावकत्व र आशीर्वाद प्रदान गर्नुहुने दिदी मेरा लागि आमापछिको आमा नै हुनुहुन्थ्यो। उहाँको निधनले हामी सबैलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ।’ आचार्यले भनेका छन।

स्व. गौतमका श्रीमान कृष्णप्रसाद गौतम, एक छोरी लक्ष्मी गौतम सुबेदी र तिन छोराहरु गोबिन्द, कमलनयन र शिव गौतम रहेको छन। जेठा छोरा गोबिन्द गौतमले लामो समयदेखि स्टेसनरी ब्यबसाय संचालन गर्दै आएका छन। उनि पोखरा पुस्तक तथा स्टेसनरी ब्यबसायी संघको पुर्व अध्यक्ष समेत हुन। उनकी धर्मपत्नी ज्योती बराल गौतम पनि ब्यबसायमा संलग्न छन।

माईला छोरा कमलनयन गौतम धार्मिक क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्व हुन। भागवत भाष्कर पण्डितको रुपमा चिनिएका उनले पुष्करिणी परोपकार गोकुलधामको स्थापना र संचालन गर्नुको साथै सिद्ध परोपकार गुरुकुल बैद्विक आश्रम समेत संचालन गरेका छन । पोखरा–१४, बाच्छीबडुवामा रहेको पुष्करिणी परोपकार गोकुलधाममा हाल करिब ३ सय ३० वटा बेवारिसे, रोगी, अशक्त तथा वृद्ध गोवंशको संरक्षण, उपचार, स्याहार र आहारको सेवा चलिरहेको छ ।

यसैगरी कान्छा छोरा शिब गौतम र उनकी धर्मपत्नी भावना गौतम पनि पोखराको न्युरोडमा स्टेसनरी व्यवसायमा संलग्न छन।

२६ भाद्र २०८३, शुक्रबार १९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा