Play

पोखरा बजारमा झरेका अन्नपुर्ण गाउँपालिकाका नागरिकलाई बजारमै गाउँपालिकाको सेवा

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपुर्ण गाउँपालिका वाद न. ७ बाट पोखरामा आएर बसोबास गर्ने नागरिकहरुको लागि गाउँपालिकाले दिने सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ पोखरा महानगरपालिका-१ सिम्पानीमा एकीकृत घुम्ती सेवा शिबिर सम्पन्न  भएको छ सर्बसाधारण नागरिकको घरदैलोमै पुगेर सेवा दिने लक्षका साथ अन्नपूर्ण गाउँपालिकाको वडा नं. ७ ले पोखराको सिमपानीस्थित तान्चोक नौजे पंगीलामा समाजघरमा तिनदिनसम्म शिविर संचालन गरेको हो।

शिविरमा पुगेर अन्नपुर्ण गाउँपालिका वडा नं. ७ का र वडा नं. ६ का नागरिकहरूले सेवा लिएका थिए ।  तीन दिनसम्म सञ्चालित शिविरबाट १ लाख १५ हजार भूमि (मालपोत) कर संकलन भएको थियो  सामाजिक सुरक्षा भत्ता सम्बन्धि २ सय ५६ वटा परिचयपत्र नवीकरण गरिएको उक्त शिविरबाट अन्य ११ वटा बिभिन्न सिफारिस सेवाग्राहीले लिएको सोही वडाबाट आएर पोखरामा बसोबास गर्ने अग्रज पत्रकार राजबहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए।

शहर केन्द्रित जीवनशैलीका कारण टाढा भएका ज्येष्ठ नागरिकहरुले बजारमा नै सेवा प्राप्त गरेको र पुराना आफन्तहरुलाई शिविर स्थलमा भेटेर सुख-दुःख साट्ने अवसर मिलेकोमा कतिपय खुसि देखिन्थे तान्चोक नौजे पंगीलामा परिवारका अध्यक्ष राजु गुरुडले दिएको जानकारी अनुसार कागजी प्रक्रिया र कर सङ्कलन मात्र नभई पुराना सम्बन्धहरूलाई पुनर्जीवित गराउन शिविर उपयोगी साबित भएको थियो

अन्नपूर्ण गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष एबम गाउंपालिकाका प्रवक्ता भरतमान गुरुडले सेवा लिन दिनहुँ कार्यालय धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी र प्रभावकारी कामहरुलाई निरन्तरता दिईने बताए उनले शिविर सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीसहित सबैमा आभार प्रकट गरे।

शिबिरमा सेवा लिन आउने सेवाग्राहीहरुलाई ब्यवस्थित किसिमले सेवा दिन तान्चोक नौजे पंगीलामा परिवारका सदस्यहरु स्वयंसेवकका रुपमा खटिएको कोषाध्यक्ष बिनोद गुरुडले जानकारी दिए । अघिल्ला बर्षहरुमा जस्तै यस पटक पनि शिबिर प्रभावकारी र ब्यवस्थित ढंगले संचालन गरिएको परिवारका सह-सचिब शान्ति कुमारी गुरुडले बताइन ।

२५ भाद्र २०८३, बिहीबार १९:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा