Play

क्रस द बोर्डर को शृङ्खला नियमित गरिने

गुरुकुल खबर


पोखरा , होटेल स्नो ल्यान्ड पोखराद्वारा नियमित सञ्चालन गर्दै आएको कार्यक्रम “क्रस द बोर्डर“ को यस शृङ्खलामा नेपालको समग्र पुँजी बजार विषयमा छलफल गर्ने तयारी भएको छ । फाल्गुन महिनाको २७ गते तय भएको सो कार्यक्रममा पुँजी बजारका लगानी कर्ता तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले “शेयर बजारको चाल र लगानी व्यवस्थापन“ विषयमा आफ्नो धारणा व्यक्त गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यामा निर्वाचित भए पश्चात अम्बिका प्रसाद पौडल पूंजीबजार फोरमको सभापति जिम्मेबारीमा छन् । शेयर बजारमा चर्चित पौडेलले आफ्नो उपस्थिाति पुर्वाधार, पर्यटन, उर्जा लगायतका विभिन्न क्षेत्रहरुमा पनि विस्तार गरिसकेका छन् ।

पुँजी बजारमा करिब २८ वर्ष विताइसकेका पौडेल नेपाल टेलिकमदेखि विभिन्न क्षेत्रका कम्पनीहरुको संचालकको जिम्मेबारमिा पनि छन् । नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृत भएर करिब ११ वर्ष सेवा गरेका पौडेल पुर्ण रुपमा शेयर बजार प्रबेश गरेसंगै शेयर लगानीकर्ता मात्र सिमित नभई एक उद्यमी नै बनिसकेका छन् ।

होटेल स्नो ल्यान्ड पोखराले विगत लामो समयदेखि आयोजना गर्दै आइरहेको सो कार्यक्रम विगत केही समय यता कोभिडका कारण स्थगन भएको थियो । आउँदो शुक्रवार आयोजना हुन लागेको सो कार्यक्रम दिउँसो ४ बजे देखि ६ बजेसम्म बाराही चोक स्थित होटेलको सभाहलमा सञ्चालन गरिने छ ।

 

२५ फाल्गुन २०७८, बुधबार २१:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा