Play

पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन

गुरुकुल खबर


पोखरामा लामो समय रहेर राजनीति र साहित्य क्षेत्रमा नाम कमाएका राप्रपाका नेता, पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित शेरचनको पछिल्लो समय मिर्गौलामा समस्या देखिएको थियो ।

आइतबार बिहान ग्राण्डी अस्पतालमा निधन भएका शेरचन राप्रपाको संस्थापक नेता, तत्कालीन राप्रपा नेपालको महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक रहिसकेका छन् ।

पंचायतकालमा राजनीतिमा सक्रिय रहेपनि शेरचनलाई चिन्ने हरुले उनि उदारवादी र बुद्धिजीवी राजनीतिज्ञको रुपमा समेत लिने गरेका छन ।

शेरचनको निधन प्रति शोक प्रकट गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको साथै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् ।

२२ फाल्गुन २०७८, आईतवार ०८:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा