काठमाडौँ, गत बर्ष भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आक्रमणकारीहरुले मरणासन्न हुने गरि कुटेर घाइते बनाएपछि उपचारको लागि सिंगापुर पुगेका कांग्रेस नेता शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
सिंगापुरबाट पछिल्लो समय हंगकंगमा बसेको भनिएका देउवा यहि साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसका पुर्व प्रबक्ता एबम पुर्व मन्त्री डा. महतका अनुसार साउन २६ गते राति ९ः४५ बजे देउवा नेपाल आइपुग्ने कार्यक्रम छ तर पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति तय नभएको प्रतिक्रिया दिएका छन । ‘साउन २६ या २८ गते वहाँ नेपाल आउनुहुन्छ तर दिन अझै निश्चित भैसकेको छैन ।
नेपाली काँग्रेसको अघिल्लो महाधिबेशनबाट सभापति निर्बाचित देउवा २०८२ चैत्र ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।















