Play

कांग्रेसको इतर समूह राष्ट्रिय भेलाको तयारीमा: नेताहरुलाई बिभिन्न जिम्मेवारी, केन्द्रीय प्रतिनिधि पनि खटाइने

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेका लागि तय गरेको राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ।सोमबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले भेलालाई व्यवस्थित र सफल बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले मंगलबार जानकारी दिए ।

संयोजक विश्वकर्माका अनुसार १० नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको छ ।  नेपाल विद्यार्थी संघ परिचालनका लागि कुन्दन काफ्ले, तरुण दल परिचालनका लागि जीतजंग बस्नेत, महिला संघ परिचालनका लागि उषा राउत, दलित संघ परिचालनका लागि यमुना विश्वकर्मा खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाल किसान संघ परिचालनका लागि गणेश तिमिल्सिना, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनका लागि जगत बराम, विदेश जनसम्पर्क समिति परिचालनका लागि किरण पौडेललाई जिम्मेवारी तोकिएको विश्वकर्माले जानकारी दिए । काठमाडौँ जिल्ला सम्पर्क समिति र खेलकुद समन्वयनका लागि मोहनबहादुर बस्नेत, बुद्धिजीवी परिचालनका लागि मीन विश्वकर्मा र ट्रेड युनियन परिचालनका लागि हरिशरण नेपालीलाई जिम्मेवारी दिइएको छ ।

बैठकले अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि आवश्यकता अनुसार समितिहरू बनाएर परिचालन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए । प्रचारप्रसार संयोजक विश्वकर्माका अनुसार भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी पनि अन्तिम चरणमा पुगेको छ। ‘केन्द्रीय प्रतिनिधि खटाउनका लागि हामीले नामावली तयार पारिरहेका छौँ, बुधबारसम्ममा यसलाई अन्तिम रूप दिइनेछ,’ विश्वकर्माले भने।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न इतर समूहले राष्ट्रिय भेलाको आह्वान गरेको हो। चुनदेवी बैठकले भेलालाई शक्ति प्रदर्शन भन्दा पनि नीतिगत बहसको थलो बनाउने गरी तयारी अगाडि बढाउने निष्कर्ष निकालेको छ।

१३ श्रावण २०८३, बुधबार १४:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा