Play

रबिन्द्रले अघि सारेका योजना अबिष्मरणिय, अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने

गुरुकुल खबर


पोखरा , नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र प्रसाद अधिकारीको स्मृतिमा बिद्धार्थी राजनिती ,बिकास र रबिन्द्र अधिकारी बिषयक परिसम्बाद कार्यक्रम सम्पन्न भएको  छ।
अधिकारीको नाममा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको स्मृति दिवस त्रिदिबसिय कार्यक्रम अन्तर्गत मनाउने क्रममा  तेश्रो तथा अन्तिम दिन सोमबार उक्त परिसम्बाद कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा  रबिन्द्र अधिकारिको बारेमा चर्चा गर्दै  प्रमुख अतिथी प्रदेश एकका पुर्ब प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले रबिन्द्रले बिकासमा अघि सारेका योजना अबिष्मरणिय भएको भन्दै  उनको योजना सबैको प्रतिबद्धता हुनुपर्ने भन्दै यसमा कटिबद्धताका साथ लाग्नु पर्ने बताए।
प्राध्यापक डा. भरतराज पहारीले अधिकारी परिबर्तनका एक सफल संबाहक  भएको उल्लेख गरे। पहारिले रबिन्द्र बहुआयामिक ब्यक्ती भएको भन्दै राजनितिलाइ समाज बिकासका अनेकन आयामहरु सङ्ग जोड्ने कुशल ब्यक्ती भएको बताए।
रबिन्द्रका सहकर्मी  राजनितिक बिष्लेषक  झलक सुवेदीले रबिन्द्र सङ्ग सबैलाइ समेट्न सक्ने खुबी भएकै कारण सबैको प्रिय भएको भन्दै नवीन बिचार र ठोस कार्ययोजना लक्ष्य सहित लागि पर्ने ब्यक्तिको रुपमा चित्रण गरे। उनले बिद्यार्थिकाल देखि नै  मिहिनेती र कर्मशिल भएकै कारण सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भएको बताए।
 कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई , प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एबम गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा , महासचिब धनराज आचार्य ,प्रतिष्ठानका सदस्य रश्मि आचार्य ,  पृथ्वीनारायण क्याम्पसका  पुर्ब प्रमुख गेहेन्द्रश्वर कोइराला  , सोही क्याम्पसका प्रमुख सरोज कोइराला लगायतका बक्ताहरुले  रबिन्द्र  अधिकारिले  बिद्धार्थी राजनिती र बिकास लगायतका   बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।
 यसअघि अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको जानकारी दिइएको हो।
उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारिले उहाँले  विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनता सम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने , बिकासका र पर्यटन क्षेत्रमा  कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन।
 उनले पुरस्कार यसबर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरि  शुरूवात  गरिने बताउदै  अधिकारीको जन्म दिन बैशाख  २२  को अबसर पारेर उक्त  पुरस्कार प्रदान गरिने बताइन।
कार्यक्रममा  प्रतिष्ठानका सदस्य दीपेन्द्र  श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्किका अध्यक्ष बिमला भण्डारी , प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका  संचाकर्मीहरुले रबिन्द्र  अधिकारिले  संचार लगायत  बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।

१६ फाल्गुन २०७८, सोमबार २१:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा