Play

मानसिक तनाव र समुदायमा अपमानित हुने भिडियो सामाजिक संजालमा: वडासदस्यले गरिन ‘आत्महत्या’

गुरुकुल खबर


धनगढी, सामाजिक संजालमा आंफ्नो सार्बजनिक रुपमा अपमान हुने किसिमको फोटो र भिडियो सार्बजनिक भएको कारण मानसिक तनावमा परेकी एक महिला अर्थात जनप्रतिनिधि (वडा सदस्य) ले झुन्डिएर आत्महत्या गरेको अनुमान गरिएको छ  अछाम जिल्लाको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिषा साउदले सामाजिक अपमान र मानसिक तनावका कारण आत्महत्याको बाटो रोजेको  अनुमान गरिएको छ ।

गत जेठ २९ गतेदेखि बेपत्ता भएकी साउदको शव जेठ ३१ गते साँझ स्थानीय पालेवन जंगलमा पलास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एबम प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको गम्भीरतालाई बुझेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएका छन ।

घटना विवरण अनुसार गत जेठ २७ गते राति मनिसा साउदको घरमा गाउँकै एक पुरुष बसेको थाहा पाएपछि केही स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । सो क्रममा केही व्यक्तिहरूले उनीहरूको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । भोलिपल्ट जेठ २८ गते बिहिबार बिहान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि र गाउँका भद्रभलादमीहरूको बैठकले उनीहरु दुईजनाको बारेमा प्रहरीमा उजुरी नगर्ने र भारतमा रहेका मनिसाका श्रीमान फर्केर नआउन्जेल दुवै पक्षको जिम्मेवारी वडा कार्यालयले लिने सहमति भएको थियो।

सर्वपक्षिय बैठकले उक्त सहमति गरे लगत्तै सोही दिन अर्थात बिहिबार बिहान ११ बजेतिर मनिसा घरबाट बाहिर निस्केकोमा शनिबारसम्म पनि घर नफर्केपछि सोहि वडाका वडाध्यक्ष पहलवान थापाले जेठ ३० गते शनिबार दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा घरभन्दा करिब ५ सय मिटर टाढा रहेको बलाताको जंगलमा झुन्डिएको अबस्थामा उनी फेला परेकी हुन् ।

उक्त घटनापछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोही रात मनिसाको घरमा भेटिएको भनिएका ती पुरुषलाई नियन्त्रणमा लिएको छ। ‘ती व्यक्ति सँगको सम्बन्ध र त्यसपछि सिर्जना भएको सामाजिक परिस्थितिका कारण मनिसाले आत्महत्या गरेको हुनसक्ने देखिएको कारण हामीले ती पुरुषलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ डीएसपी ओमप्रकाश खनालले भने ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने र मनिसालाई मानसिक रूपमा तनाव दिने पक्षमाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । श्रीमान् आएर जाहेरी दिएपछि आत्महत्या दुरुत्साहन वा अन्य उपयुक्त मुद्दामा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।  ‘सामाजिक रूपमा अपमानित हुने गरी भिडियो भाइरल बनाइएका कारण उनले यो कठोर निर्णय लिएको हुनसक्ने आशंका छ, घटना कसरी यहाँसम्म पुग्यो र यसमा कस–कसको भूमिका छ भन्नेबारे हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ डीएसपी खनालले भने ।

घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ । मृतकका दुई छोरी र एक छोरा छन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको र घर फर्किंदै गरेको बुझिएको छ । उक्त स्थान अछाम जिल्लाको सदरमुकाम मंगलसैनबाट गाडीमा ६ घण्टाको दूरीमा पर्छ।

१ असार २०८३, सोमबार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा