पोखरा, नेपाली काँग्रेसका नेता कल्याण गुरुङले तर आ. व. २०८३/०८४ को बजेटमा शिक्षा र स्वास्थ्यमा तिन प्रतिशत र बिद्युत् उपभोगमा पांच प्रतिशत भनेर तोकिएको करलाई सेवा कर र उपभोग कर भन्नु उपयुक्त हुने बताएका छन। सरकारले उक्त करलाई पनि भ्याट भनेको भन्दै गुरुङले शिक्षा र स्वास्थ्य सेवाको सन्दर्भमा सर्भिस ट्याक्स अर्थात सेवा कर र विद्युत् उपभोगको सन्दर्भमा युटिलिटी ट्याक्स अर्थात उपभोग कर भन्न उपयुक्त हुने स्पष्ट पारेका छन।
‘यो कसरी भ्याट भयो ? किनकी यि सेवाहरुको शुरुको मूल्यमा नै कर लगाईएको छ । यसको थप मूल्यमा कर लगाईएको भए पो भ्याट हुने थियो । यसैले यसलाई सर्भिस ट्याक्स भनिन्छ होला, युटिलिटी ट्याक्स भनिन्छ होला, तर भ्याट भनिन्न होला नि ?’ उनले प्रश्न छ।
गुरुङले सामाजिक संजाल मार्फत सरकारसंग जिज्ञासा राख्दै भनेका छन ‘ हेर्दा सामान्य लाग्छ, तर यस्ता त्रुटीले भविष्यमा नेपालका अर्थविद्हरुको कार्यलाई विवादमा ल्याउन सक्छ । नेपालका केही अर्थविदहरुको कारणले या त नेपालमा ट्याक्सका प्रकारहरुको परिभाषामा नै परिवर्तन गर्नुपर्ने देखियो या त नेपालमा ट्याक्सको परिभाषा र करका प्रकारहरुको परिभाषाको विषयमा गम्भीर बहस शुरु गर्नुपर्ने आबश्यकता देखियो ।’














