Play

झापामा युवतीको विभत्स हत्या, बोरामा पोको पारेर खोलामा फालेको अबस्थामा शब भेटियो

गुरुकुल खबर


पोखरा, पछिल्लो समय देशको बिभिन्न स्थानमा विभत्स तरिकाले हत्या गरिएका घटनाहरु सार्बजनिक भैरहेको अबस्थामा झापाको दमक नगरपालिका -१० स्थित सेतुमाडीमा पनि शनिबार बिहान एक जना युवतीको हत्याको घटना सार्बजनिक भएको छ। दमक नगरपालिका-८ बसन्तटोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको शव स्थानीय रतुवा खोलामा बोरामा पोको पारेर फालिएको अवस्थामा भेटिएको छ ।

प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा उनको शब भेटिएको थियो । प्रहरीका अनुसार अन्य कुनै ठाउँमा रमाको हत्या गरिएको र उनको शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताए उनका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले उक्त शब हेरेर आफ्नै छोरी भएको पहिचान  गरेका थिए । रमाका आफन्तले प्रहरीलाई गत जेठ १३ गते राति करिब ९:३० बजेको समयमा रमा घरबाटै हराएको बताएका थिए । घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो ।

१८ जेष्ठ २०८३, सोमबार १०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा