Play

माओबादी नेता पुन नेपाल आउदै, शर्मासंग महासचिबमा भिड्ने

गुरुकुल खबर


काठमाडौं । स्वास्थ्य उपचारका लागि चीनस्थित सेनजेन अस्पतालको ९८ दिन लामो बसाई सकेर माओवादी केन्द्रका नेता वर्षमान पुन २०७८ पुस २३ गते काठमाडौं आउने भएका छन् ।

माओवादी केन्द्रको महासचिवको दावी गरिररहेका पुन २५ पुसको केन्द्रीय कमिटी बैठक अघि आउन लागेका हुन् । २५ पुसको केन्द्रीय कमिटीको बैठकअघि महासचिवसहित १५ पदाधिकारीमा सहमति गर्नका लागि माओवादीले तयारी सुरु गरेको छ ।

२०७८ पुस १९ गतेको पहिलो केन्द्रीय कमिटी बैठक सकिन साथ बाहिरिँदै गर्दा अध्यक्ष प्रचण्डले सोही कुरा उल्लेख गरेका थिए । त्यतिबेला नेता वर्षमान पुन र ओनसरी घर्ती आउन लागेको र उनीहरु आएपछि मात्रै पदाधिकारीको टुंगो लगाउने बताएका थिए । पुन महासचिवको दावीमा रहेका कारण उनको अनुपस्थितिमा महासचिव नचुन्ने निर्णयमा माओवादी पुगेको हो ।

नेता पुनले सहमति भएको अवस्थामा पार्टीका जनुसुकै नेतालाई छोड्न तयार रहेको तर निर्वाचन हुने अवस्थामा आफू सामेल हुने बताइरहेका छन् । चीनबाट प्रचण्डलाई यही सन्देश पठाएका पुनले नेताहरु शक्तिबहादुर बस्नेत, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेताहरुलाई सहमतिका लागि महासचिव छोड्न तयार रहेको तर जनार्दन शर्माका लागि भने छोड्न नसक्ने बताइरहेका छन् ।

शर्मा महासचिवका बलिया दाबेदार हुन् । महाधिवेशन हलमा पनि शर्माको पक्षमा माहोल देखिन्थ्यो । त्यसैले शर्मा चाहिं अरुका छोड्ने भन्दा पनि निर्वाचनबाट भएपनि महासचिवका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।

अध्यक्ष प्रचण्डसँगको भेटमा पटकपटक नेता शर्माले यही कुरा दोहोर्याएको माओवादी स्रोतको भनाइ छ । शर्मानिकट केन्द्रीय सदस्यहको संख्या ह्वात्तै बढेका कारण पनि शर्मा उत्साहित भएका हुन् ।

प्रचण्डले जारी गरेको १४७ सदस्यीय केन्द्रीय कमिटीमा शर्मा पक्षधरहरुको संख्या निकै रहेको बताइएको छ । माओवादी केन्द्रको महाधिवेशनमै आइपुग्ने तयारी गरेका पुनलाई अस्पतालले डिस्चार्ज नगरेपछि बसाई लम्बिएको थियो ।

२१ पुष २०७८, बुधबार ११:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा