Play

एमाले नेता गोकुल बाँस्कोटाको आग्रह- प्रदेश तह र जिल्ला समन्वय समिति खारेज गरौँ, सांसदको संख्या घटाऔं

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका प्रभावशाली नेता एबम पुर्व संचार मन्त्री गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाकासमेत अघि सारेका हुन्।

उनले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह (पालिका) गरी दुई तहको मात्र सरकार हुनुपर्ने प्रस्ताव गरेका छन्। अहिलेको तिनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्र बलियो बनाउनुपर्ने जिकिर गरेका छन।

यसैगरी, व्यवस्थापिकाको संरचनामा ठुलो फेरबदल हुनुपर्ने भन्दै बास्कोटाले राष्ट्रिय सभाको सदस्य संख्या १०५ मात्र बनाउनुपर्ने र त्यसमा महिला तथा पुरुषको प्रतिनिधित्व पूर्ण रूपमा समान अर्थात् ५०–५० प्रतिशत हुनुपर्ने धारणा राखेका छन्। उनले नयाँ व्यवस्थामा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्ने कानुनी प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन्।

प्रतिनिधिसभाको संरचनाबारे चर्चा गर्दै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरेका छन्। समानुपातिक सिट हटाएर प्रत्यक्ष निर्वाचन मात्र गराउनुपर्ने र त्यसमा महिला ४० प्रतिशत तथा पुरुष ६० प्रतिशत उठ्ने गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको मत छ। यसका साथै जिल्ला समन्वय समिति (जिसस) को कुनै औचित्य नरहेको भन्दै बास्कोटाले यसलाई खारेज गर्नुपर्ने बताएका छन्।

२४ बैशाख २०८३, बिहीबार १०:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा