Play

पोखराको काहुँखोलाबाट ७७ हजार नगदसहित जुवातास खेल्दै गरेका १० जना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१३ काहुँखोला नजिकको एक खाजाघरबाट जुवातास खेल्दै गरेको अबस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

मंगलवार दिउँसो करिब ४ बजेको समयमाउक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा कास्की जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने र खेलाउने गरि १० जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नगद रकम ७७ हजार १८० रुपैयाँ सहित पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत उनले बताए ।

२४ बैशाख २०८३, बिहीबार ०७:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा