Play

प्रधानमन्त्रीलाई कांग्रेस संसदीय दलको प्रश्न: संसद्को अबमुल्यन अनि आँफ्नै पार्टीको बहुमतमा अबिश्वास किन?

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले बर्तमान सरकारले संसद रोकेर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो भन्दै यस बिषयमा कांग्रेसको बिमति रहेको स्पष्ट पारेका छन। ‘लोकतन्त्र प्रक्रिया मात्रै होइन, मुलत प्रवृत्ति हो । संसद अधिवेशन स्थगित गराएर, अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो । सरकारले दुइवटा अध्यादेश जारी गर्न राष्टपति समक्ष पठाएको बिषय दु:खद र गम्भिर छ ‘ उनले बिज्ञप्ति जारी गर्दै भनेका छन।

‘संसद नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानुन ल्याउन सकिने भएपनि अहिले त्यस्तो जरुरी नपरेको कारण छिटो अधिवेशनमा गएर जरुरी बिधेयकहरु पारित गर्न सरकारलाई कुनै बाधा नपर्ने अबस्था छ। तर, प्रमुख प्रतिपक्ष र अरु राजनीतिक दलहरुसँग सामान्य परामर्श पनि नगरी हतारमा अध्यदेशबाट कानुन बनाउन खोज्नु बलमिच्याइँको राजनीति मात्र नभएर सार्वभौम संसदको अपमान’ भएको आङ्दम्बेले जनाएका छन।

सोमबार मात्र कांग्रेस संसदीय दलको नेता चयन भएका आङ्दम्बेले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन ‘आफ्नै पार्टीको बहुमत प्रती किन अविश्वास ? संसदको गरिमा र मर्मको किन अवमूल्यन ? प्रष्ट शब्दमा यसप्रति हाम्रो विमती छ। ”

उनले संबैधानिक परिषद सम्वन्धी बिधेयक संसदीय बहसमा बिगत देखि नै रहेको र यसलाई नयाँ संसदबाट छिटो टुंग्याउन आवश्यक रहेकोमा जोड दिंदै यसलाई संवाद, सहमति र संसदीय प्रक्रियाबाट परिपक्व ढंगले टुंग्याउन सकिने अबस्था रहेको स्पष्ट पारेका छन । यस्तै सहकारी ऐन संशोधनको बिषयको गम्भिर बिषयलाई पनि संसदबाट नै निश्कर्षमा लानुपर्नेमा आह्वान गरिसकेको संसदको अधिवेशन समेत स्थगित गरेर अध्यादेश जारी गराउने बाटो सर्वथा अनुचित रहने आङ्दम्बेले उल्लेख गरेका छन ।

नेपाली कांग्रेस संसदीय दल सरकारलाई रचनात्मक सहयोग गर्न सदैव खुला र सहयोगी रहने तर लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद र संविधानको मर्म मिच्न र उपेक्षा गर्न नदिन प्रतिवद्ध रहेको बिज्ञप्तीमा उल्लेख छ।

१५ बैशाख २०८३, मंगलवार २०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा