Play

संविधान संशोधनको गृहकार्य शुरु गरेको कांग्रेसले सरकारी समितिमा भने अझै प्रतिनिधि पठाएन

गुरुकुल खबर


काठमाडौँ,  संविधान संशोधनका लागि सुझाव दिन भन्दै नेपाली काँग्रेसले गठन गरेको समितिले मंगलवारदेखि काम सुरु गरेको छ । नेपाली काँग्रेसका उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा नेपाली काँग्रेसका सभापति गगन कुमार थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्री द्धय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी थिए ।

बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए  । संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरुमा संशोधनको आवश्यकता महसुस गरिएको बताउंदै सभापति थापाले लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन सुझाव दिए ।

समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य सुरु गरेको हो । सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले बताए ।

उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन भनेको छ  र समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ ।  काँग्रेसले बनाएको समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम वहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरवहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र वहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितवहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्य रहेका छन ।

८ बैशाख २०८३, मंगलवार २०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा