पोखरा, नेपाल सरकार अन्तर्गतका बिभिन्न निकाय र कार्यालयमा कार्यरत सरकारी कर्मचारीहरूले मासिक रुपमा पाउँदै आएको तलब सुबिधा अब पाक्षिक अर्थात अर्धमासिक रुपमा पाउने भएका छन। बालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको बुझिएको छ।
अब कर्मचारीहरूले महिनामा दुई पटक, अर्थात् प्रत्येक १५ दिनमा तलब र भत्ता पाउने भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले वैशाख ४ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार अर्धमासिक रुपमा तलब भुक्तानी गर्ने प्रणाली लागू गर्न लागिएको हो।
हालसम्म कर्मचारीहरूले महिना समाप्त भएपछि एकमुष्ट रूपमा तलब बुझ्दै आएका थिए। नयाँ व्यवस्थासँगै तलब भुक्तानीलाई दुई चरणमा विभाजन गरिनेछ। अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।














