पोखरा, नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट बनेको केन्द्रीय समितिले पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित उपसभापति एबम उक्त समितिमा पछिल्लो समय कार्यबाहक सभापतिको रुपमा रहेका पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ।
बिशेष महाधिबेशन सम्बन्धि बिबाद पछि निर्बाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको पार्टीको आधिकारिकता सम्बन्धि विषय टुंगोमा नपुगेको अबस्थामा खड्काले कार्यबाहक सभापतिको हैसियतमा पार्टीका बिभिन्न गतिबिधि गर्नुको साथै पार्टीको धारणा बिज्ञप्तीमारप[हात सार्बजनिक गर्दै आएका छन।
बैठकको निर्णय गरेको निर्णय यस प्रकार रहेको छ ।
निर्णयहरु :
१. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२-१२-१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत बक्तब्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो । यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२÷१२÷३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२-१२- ३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ ।
२. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन ।
जय नेपाल !
दिनेश थापामगर
सचिव















