काठमाडौँ, निजि क्षेत्रको प्रतिनिधि मुलक संस्था नेपाल उद्योग वणिज्य महासङ्घको वार्षिक साधारण सभा अदालतको आदेशको कारण अन्तिम समयमा रोकिएको छ । यहि चैत २९–३० गतेका लागि तय गरिएको नेपाल उधोग बाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभा एबम अधिबेशन अदालतको आदेश अनुसार शुक्रबार साँझ स्थगित हुन पुगेको हो । अदालतले साधारण सभा हाललाई स्थगित गर्नु भनेर आदेश दिएपछि सोहि आदेशलाई आधार मानेर महासङ्घको निर्वाचन समितिले साधारण सभा स्थगित गर्ने सुचना जारी गरेको हो ।
महासंघको सदस्यता सम्बन्धि बिषयलाई लिएर नेपाल पेट्रोलिय ढुवानी व्यवसायी महासङ्घसमेतको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारीसँगै अब सदस्यता विवादको टुङ्गो नलागेसम्म साधारण सभाको प्रक्रिया अघि बढाउन नमिल्ने भएको छ । यस अगाडी यहि चैत्र २३ गते बसेको अदालतको एक इजलासले साधारण सभा एबम अधिबेशन रोक्नको लागि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने छलफल गर्न भन्दै लागि बिहीबार दुवै पक्षलाई झिकाएको थियो ।
बिहिबार दुवै पक्षबिचको छलफलपछि अदालतको संयुक्त इजलासले महासंघको साधारण सभा रोक्न आदेश दिएको हो । अदालतको संयुक्त इजलासको आदेशमा भनिएको छ, “मिति २०८१/११/१६ मा जारी भएको परमादेशबमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारण सभा हुँदा यी निवेदकसमेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारण सभा नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।”

निवेदकले २०८१ चैत २८ मा सम्पन्न वार्षिक साधारण सभामा आफू सदस्य भए पनि यो पटक सदस्यता प्रदान नगरेको भन्दै प्रक्रिया रोक्न माग गरेका थिए । सदस्यता समितिको सिफारिस विपरीत महासङ्घको कार्यसमितिले निर्णय गरेको भन्दै निर्णय बदरको माग पनि रिटमा गरिएको छ । वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुने कार्यतालिका रहेको थियो । सोही अनुसार निर्वाचन कमिटीले कार्य प्रारम्भ समेत गरेको थियो । व्यवसायीले फरक फरक प्यानल सहित चुनावको तयारी थालेका थिए ।
महासंघको हालको बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष बन्ने ब्यबस्था रहेको कारण हालका बरिष्ठ उपाध्य्क्ष अन्जन श्रेष्ठ नेपाल उधोग बाणिज्य महासंघको अध्यक्ष बन्ने भएका छन त्यस पछिको पदमा भने प्यानल नै बनाएर चुनाबी प्रतिष्पर्धा अगाडी बढेको थियो। महासंघको पदाधिकारी एबम सदस्य निर्बाचित हुनको लागि ब्यबसायीहरु बिभिन्न जिल्ला र नगर उधोग बाणिज्य संघका प्रतिनिधिहरू संग भेटघाट गरेर काठमाडौँमा जम्मा हुने क्रमले तिब्रता पाइरहेको बेला एकाएक महासंघको साधारण सभा सहितको चुनाबी कार्यक्रम रोकिएपछि ब्यबसायीहरु अन्योलमा परेका छन।
नेपाल उधोग बाणिज्य महासंघको महाधिबेशनबाट निर्बाचित हुनको लागि उमेदवारी दर्ता गराएका ब्यबसायीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस ..















