Play

मेरो उपचारको क्रम जारी छ, मेरो बिरुद्ध झुट्टा र भ्रामक प्रचारबाजी गरियो – पुर्व प्रम देउवा

गुरुकुल खबर


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकारले पुर्व प्रधानमन्त्री एबम नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवालाई सम्पत्ति सुद्धिकरणको मुद्धामा पक्राउ पुर्जी जारी गरेको घटनापछि देउवाले आँफु बिरुद्ध झुट्टा र भ्रामक प्रचारबाजी भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन ।

देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आँफु गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आँफु प्रधानमन्त्री रहेको समयमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू स्मरण गराएका छन।

पुर्व प्रम देउवाले देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका र पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आंफुले सिंगो जीवन संघर्षमै व्यथित गरेको समेत स्पष्ट पारेका छन।

देउवाले हाल स्वास्थ्य उपचारका निम्ति आँफुहरु विदेशमा रहेको र अझै उपचारको क्रम जारी रहेको भन्दै यस सम्बन्धि बास्तविकता समय क्रमसँगै खुल्दै जाने भएकोले अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न अपिल गरेका छन।

देउवाको नामबाट सामाजिक संजालमा आएको कुरा यस्तो छ..

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति  सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।
शेरबहादुर देउवा

२५ चैत्र २०८२, बुधबार १९:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा