Play

विभिन्न मुलुकका राजदुतसंग प्रमको सामुहिक भेट: मित्र राष्ट्रसंग सुदृढ सम्बन्ध कायम गर्ने र उच्च महत्व दिने भनाई

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई मंगलवार सामुहिक रुपमा भेटघाट गरि नेपाल सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल सरकारले सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने स्पष्ट पारे

विगतका प्रधानमन्त्रीले राजदूतलाई एक्ला-एक्लै भेट्दै आएकोमा प्रधानमन्त्री शाहले त्यो परम्परालाई तोडेर सामूहिक भेट गरेकोमा कूटनीतिकवृत्तमा प्रशंसा भइरहेको छ । प्रम शाहले शालीन कूटनीतिक भाषा प्रयोग गर्दै राजदूतहरूसमक्ष आफ्नो कुरा राखेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । राजदूतहरूले आफ्नो कुरा राख्ने क्रममा छोटो समयमा देशमा उत्पन्न संक्रमणलाई व्यवस्थापन गरी नागरिकलाई भरोसा जगाउने गरी अगाडि बढेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए ।

नेपालमा स्थिरता कायम भएमा आफूहरूलाई पनि काम गर्न सजिलो हुने धारणा राजदूतहरूले राखेको परराष्ट्रका ती अधिकारीले बताए । ‘जेनजी आन्दोलनपछि सरकारले जसरी आ-आफ्नो काम कारवाही अगाडि बढाएको छ, त्यसमा राजदूतहरुले खुसी व्यक्त गर्नुभएको थियो र सँगै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।‘ नेपाली नागरिकको हितमा परिणाम दिने गरी सरकारले गर्ने हरेक काममा साथ र सहयोग रहने धारणा राजदूतहरूको रहेको उनले बताए ।

नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यका साथ काम गरिरहेको बताए । उनले विश्वमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए । ‘यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री शाहले भने ।

पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने ‘नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ, नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गरेकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री शाहले भने, ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गरे । ‘नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनुहोइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री शाहले भने । उनले विकास, व्यापार, लगानी, जलवायु अनुकूलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए ।

सामूहिक भेटमा विभिन्न २० देशका राजदूत उपस्थित थिए । जसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत चाङ माओमिङ, नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम, बेलायती राजदूत रब फेन, दक्षिण कोरियाका राजदूत पार्क तेयङ, जर्मनका राजदूत युगेन भोल्ज, बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, जापानी राजदूत मायदा तोरु, स्विस राजदूत डा. डानिएल मेउव्ली थिए । परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत पनि छलफलमा सहभागी थिए ।

२५ चैत्र २०८२, बुधबार १९:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा