Play

पेट्रोलियम पदार्थको मुल्य वृद्धि: ‘महंगीको मार बन्द गर’ भन्दै काठमाडौँमा युवाहरुको प्रदर्शन

गुरुकुल खबर


काठमाडौँ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको समेत भाउ बढ्न सक्ने भन्दै शनिबार (चैत २१) उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ‘महँगीको मार बन्द गर’, ‘पेट्रोल कर कम गर’, ‘मूल्य घटाएर जनतालाई राहत देऊ’, ‘पेट्रोलमा कर खारेज गर’ लगायात नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको आयोजनामा गरिएको प्रदर्शनका सहभागीले हाल पेट्रोलमा लगाइँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।

यस अगाडी बर्तमान प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहेको बेला ‘भारतबाट तेलको मूल्य बढ्यो भन्दैमा नेपालमा बढाउन नहुने भन्दै जनतालाई राहत दिनु सरकारको कर्तब्य भित्र परेको उल्लेख गरेका थिए। उनले यस्तै महंगी भैरहने हो भने सरकारको काम के भन्दै प्रश्न गरेकोमा यस पटक यस्ता प्रश्नहरु प्रम बालेन्द्र तिर नै सोझिएका छन ।

२१ चैत्र २०८२, शनिबार २३:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा