Play

ब्यबसायी दिपक भट्ट पक्राउ परे लगत्तै जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ

गुरुकुल खबर


काठमाडौँ : बिभिन्न जिम्मेवारीमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुलाई बिभिन्न अभियोगमा पक्राउ गर्दै आएको वर्तमान गृह प्रशासनले बिभिन्न ब्यबसायिक प्रतिष्ठानका संचालकहरुलाई पनि बिभिन्न अभियोगमा पक्राउ गर्न थालेको छ।

ब्यबसायी दिपक भट्टलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरेर १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको प्रहरीले आज शुक्रबार साँझ अर्का ब्यबसायी जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई पक्राउ गरेको  बुझिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहपछि उनलाई शुक्रवार साँझ नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

सीआईबीका अनुसार यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएको प्रकरणमा छानबिनका लागि अग्रवाललाई हिरासतमा लिइएको हो। भट्टलाई बिहीबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो।

अनुसन्धानमा दुवैबीच आर्थिक कारोबार तथा लगानी सम्बन्धको पाटो केन्द्रित गरेर छानबिन अघि बढाइएको बताइएको छ। सीआईबीले अग्रवालसँग सोधपुछ गरिरहेको र आवश्यक प्रमाण सङ्कलन गर्ने काम जारी रहेको जनाएको छ। उक्त प्रकरणमा थप व्यक्तिहरू समेत तानिन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ।

२० चैत्र २०८२, शुक्रबार २३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा