Play

प्रतिशोधको कडा प्रतिरोध गर्न एमाले प्रदर्शनमा उत्रिने, गृहमन्त्री गुरुङ भन्छन- प्रतिशोध हैन, न्यायको सुरुवात

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका नेता एबम पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विषय कसैमाथि प्रतिशोध साधिएको बिषय नभएर न्यायको शुरुवात भएको बताएका छन ओली र लेखकलाई पक्राउ गरेलगत्तै गृहमन्त्री सुधन गुरुङले सामाजिक संजालबाट प्रतिक्रिया दिंदै उनले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्।

गृहमन्त्री गुरुङले लेखेका छन ‘वाचा वाचा नै हो । कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’ उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। गुरुङले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

यसैबीच ओली र लेखकलाई पक्राउ गर्नु पुर्व र पक्राउ गरे लगत्तै एमालेका नेताहरुले बिभिन्न प्रतिक्रिया दिएका छन। एमाले नेताहरुको अनुसार बर्तमान सरकारले प्रतिशोध लिनेहो भने त्यसको प्रतिरोध पनि कडा रुपमा गरिने छ एमाले नेता महेश बस्नेतले सामाजिक संजाल मार्फत एमालेको आजदेखि हुने प्रदर्शनमा सहभागि बन्न आग्रह गरेका छन उनले फेसबुकमा लेखेका छन ।

राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।

बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ। सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।

प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ।

१४ चैत्र २०८२, शनिबार ०७:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा