पोखरा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । नेकपा एमाले कास्की क्षेत्र न.१ को चुनाबी समिक्षा बैठकमा बोलिसकेपछि अन्य नेताहरुसंग कुराकानी गर्दै गर्दा अचानक ढलेका थापालाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।
करिब साढे दुई बजेतिर उनि बैठकस्थलमा ढलेपछि तत्काल अर्थात तिन बजे अगाडी नै अस्पताल लागिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेको थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ ।
नेकपा एमालेका नेता थापा तत्कालिन पोखरा उपमहानगरपालिकाको प्रमुख एबम गण्डकी प्रदेशका पुर्व सांसद हुन। यस अगाडिको स्थानीय तहको निर्बाचनमा उनि पोखरा महानगरपालिकाको प्रमुख पदमा एमालेबाट चुनाब लडेको भएपनि पराजित बनेका थिए।
यस पटक फागुन २१ मा भएकाे प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाउन नेकपा एमालेको केन्द्रीय सचिबालयले निर्णय गरेको भएपनि अन्तिममा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।
निर्बाचनमा एमालेले नराम्रो पराजय भोगेपछि थापाले आँफु पार्टी हितको लागि जिल्लाको इन्चार्ज एबम पार्टीको केन्द्रीय सदस्य पड समेत त्याग्न तयार रहेको कुरा सार्बजनिक गरेका थिए । सोमबार मात्र उक्त कुरा सार्बजनिक गरेका थापाको बिहिबार मृत्यु हुन् पुगेको छ।
एमाले केन्द्रिय सदस्य र कास्की जिल्ला संयोजकको पद त्याग्न तयार रहेको नेता कृष्ण थापाको घोषणा















