Play

लैङ्गिक हिंसा अन्त्यका लागि एकताबद्ध हुनु पर्नेमा जोड

गुरुकुल खबर


पोखरा,  मुलुकमा हुने लैंङ्गिक हिंसाका घटनाको अन्त्य गरि सभ्य समाज निर्माणका लागि सबै एकतावद्ध भएर लाग्नुको विकल्प नरहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिइएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरद्धारा संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटमा आयोजित लैंगिक हिंसा बिरुद्धको १६ दिने राष्ट्रिय अभियान कार्यक्रमका बक्ताले हिंसा अन्त्यका गर्न सामुहिक खाँचो औल्याएको हुन ।

गण्डकी प्रदेश सभा सदस्य भित्रकुमारी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक वन उपभोक्ता महासंघले महिला र पुरुष बीच समानताका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
प्रत्येक व्यक्तिका मनबाट हिंसा गर्दिन भन्ने भाग जागृत हुने पर्ने आवश्यकता औल्याउँदै उहाँले अभियानले लैंगिक हिंसा न्युनीकरणको लागि आवश्यक नीति नियमहरुको तर्जुमा, बिद्यमान नीति नियमहरुको पुनरावलोकन गर्न समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोला र सरिता कुमालले मुलुकबाट सवै खाले हिंसाको बाधक बनेको गरिबी र पछौटेपनको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले आर्थिक, धार्मिक, संस्कृतिक, लगायतका कारण समाजमा बढी महिला हिंसा हुने गरेको बताउँनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अक्ष्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको संरक्षण, सम्वद्र्धनमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो ।

स्थानीय महासंघका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य सन्तु सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव पार्वती सुवेदी लगायतले १६ दिने अभियानका बारेमा चर्चा गर्नुभएको थियो ।

“घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने यस बर्षको नाराका साथ आयोजित कार्यक्रममा सो क्षेत्रका एक दर्शन भन्दा बढी वन समुहका उपभोक्ताको सहभागिता रहेको थियो । तस्वीर उपलव्धछ ।
हरि बास्तोला

२२ मंसिर २०७८, बुधबार १९:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा