Play

टाईगर कपको तयारी तिब्र, पुरस्कारको राशी बढाएर ६ लाख ६६ हजार पुर्याइयो

गुरुकुल खबर


पोखरा, ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करणको तयारी तीव्र पारिएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आगामी माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो। यसपटकको संस्करणमा नेपालसहित ३ देशका ४ विदेशी क्लबको सहभागिता रहने भएको छ।

भलिबल प्रतियोगिताको संस्थाका टाईगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितालाई भव्य बनाउन भारत र माल्दिभ्सबाट समेत रेफ्री झिकाइने र दर्शक क्षमता बढाउन प्यारापिट विस्तार गरिने भएको छ।

यस पटकको प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, माल्दिभ्स भलिबल एसोसिएसन र भारतको गुजरात भलिबल क्लब गरी ७ टिमबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने आयोजक टाइगर ग्रुपले टिम नराख्ने भएको छ। यसअघि टाइगर ग्रुपबाट खेल्दै आएकी राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले यसपटक ‘एभरेस्ट भलिबल क्लब रुपन्देही’ बाट खेल्ने बुझिएको छ ।

महिलातर्फ नेपाल पुलिस, एपिएफ, आर्मी, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबसहित विदेशी टोलीहरू थाइल्यान्डको ‘युनाइटेड प्यासन भलिबल क्लब’ र ‘थाइल्यान्ड क्विन्स’ गरी ७ टिम सहभागी हुनेछन् प्रतियोगितामा पुरुषतर्फ यसपटक टिपटप हेल्प नेपालका खेलाडीहरू समावेश गरी ‘पर्वत जिल्ला भलिबल संघ’ ले सहभागिता जनाउने भएको  बताइएको छ।

बिगतको बर्षहरुमा भन्दा यस बर्ष आयोजकले पुरस्कारको राशीमा वृद्धि गरेको जनाएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले दिएको जानकारी अनुसार महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेताले समान ६ लाख ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

उपविजेता टिमले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने भएका छन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्।

दर्शकको सहजताका लागि ३ हजार ५०० रुपैयाँ मूल्य तोकेर ‘सिजनल टिकट’ वितरण सुरु गरिसकेको आयोजकले जनाएको छ। दैनिक साधारण टिकटको मूल्य भने तय भइसकेको छैन।

९ पुष २०८२, बुधबार ०९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा