Play

पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित

गुरुकुल खबर


पोखरा, आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस २०८२ को अबसरमा बिशेष कार्यक्रमको आयोजना गरि उत्कृष्ट करदाता हरुलाई सम्मान गरेको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको
दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउंदै आइएको छ।

राष्ट्रिय कर दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजि क्षेत्र भएकोले निजि क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताईन। प्रजिअ शर्माले निजि क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्‍न छुट सुविधाको लाभ लिनका लागी करदातालाई आग्रह गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका
प्रतिनिधीहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान
गरिएको थियो । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्‍जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका
कन्ट्रक्सन प्रा.लि लाई सम्मान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्तसम्म व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ। जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् । पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ ।

यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ । अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।

२ मंसिर २०८२, मंगलवार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा