Play

पोखरामा ड्युटीमा खटिएकै अबस्थामा प्रहरी हवल्दार ओमकुमारको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरामा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत पोखरा-१३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।

अचेत अवस्थामा भेटिएका थापालाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले बताए ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

११ कार्तिक २०८२, मंगलवार १५:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा