Play

कबिता – आमाको सम्झनामा

गुरुकुल खबर


आमाको सम्झनामा  

  • मन्जु बराल आचार्य

छैनौं तिमी भन्दा नि यो मन मान्दैन  ।
मनभित्रै छौ भन्दा नि किन मन बुझ्दैन  ।।
थियौं तिमी मेरा दुःखको साथी  ।
तिम्रा दुःखमा म कहाँ हुन पाएँ साथी ?

छोरीको जन्म किन पाएँ आमा  ।
छोरा भए सदा हुन्थेँ नि साथमा  ।।
भित्र भित्रै म एक्लै छट्पटीदा  ।
नदेखी नबोली बुझ्थ्यौं नि सारा पीडा  ।।

ए आमा अब कहाँ तिमीलाई पाउँला  ।
आमा भनि अब म कस्लाई बोलाउँला  ।।
आँसुले तिम्रो बाटो छेक्छ भन्छन् ।
के गरूँ आमा यि रोक्दै रोकिन्नन्  ।।

जब सन्सार सुत्छ म रोइ बस्छु ।
बिहान उठ्छु,हाँसे झैं गर्छु  ।।
छैनन् कोही अब यी ऑंसु पुछ्ने  ।
हाँसो भित्र लुकेको पीडा यो बुझ्ने  ।।

सबैलाई भन्थेँ सन्सार यस्तै हो  ।
आफैंलाई पर्दा बुझाउँनै नसकिने भो  ।।
तिमी बिनाका ४५ दिन खै कसरी काँटे ।
याद छैन मलाई आज कुनदिन के गते  ।।

न दुःख पायौं न दुःख कटायौ ।
महाप्रस्थान होइन आहाप्रस्थान पायौ  ।।
पायौ होला मोक्ष यही आश राख्छु ।
८४ मा फेरी नपर्नु प्रार्थना यही गर्छु ।।

६ कार्तिक २०८२, बिहीबार १०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा