Play

सभापति देउवा दम्पतिमाथि भएको आक्रमणको क्षेत्रिय सभापति गुरुङद्वारा दुख व्यक्त

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र न.३ का सभापति मनोज गुरुंगले नेपाली काँग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवामाथि भएको आक्रमण सहित अन्य घटनाप्रति दुख व्यक्त गर्दै देउवा दम्पतीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन।
कांग्रेस क्षेत्रिय सभापति गुरुङले भनेका छन, “नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गर्ने राजनेता, पूर्व प्रधानमन्त्री एबम नेपाली काङ्ग्रेसका सभापति श्रद्धेय शेर बहादुर देउवा र उहांकी धर्मपत्नी आरजू देउवा माथि भएको अमानवीय आक्रमण र उहांको निवासमा भएको आगजनी र लुटपाट को घटनाप्रति दु:ख व्यक्त गर्दै सो आक्रमणको घोर भर्त्सना गर्दछु। आक्रमणबाट घाइते भई अस्पतालमा उपचारार्थ सभापति शेर बहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाको शीध्र स्वास्थ्य लाभको कामना गर्दछु ।”
गुरुङले प्रजातन्त्रका पर्याय एबम नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.बिपी कोइरालाको बिराटनगर स्थित निवास र सन्तनेता एबम पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक तोडफोड गरिएकोमा समेत निन्दा गरेका छन। राज्यको सम्पति र व्यक्तिको निजि सम्पतिमाथिको आगजनी लुट्पाट मच्चाउनेहरुलाई समय आएपछि कार्वाहीको दायरामा अवश्य ल्याउनुपर्नेमा जोड दिंदै उनले यो विषम परिस्थितिमा नेपाली काङ्ग्रेसका सम्पूर्ण साथीहरु संयम र धैर्य रहन साथै विचलित नहुन समेत आग्रह गरेका छन ।

२५ भाद्र २०८२, बुधबार १६:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा