पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम बिराट ज्ञानमहायज्ञ- २०८२ को तयारीले तिब्रता पाएको छ । महायज्ञ सम्पन्न गर्नको लागि महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराज संरक्षक रहेको मूल आयोजक समिति समेत गठन भैसकेको छ भने अब विभिन्न उपसमितिहरु गठन गरेर महायज्ञको कामको जिम्मेवारी दिईने भएको छ ।
महायज्ञको लागि आबश्यक पर्ने विभिन्न संरचनाहरुको निर्माण युद्धस्तरमा भैरहेको छ। महायज्ञको लागि आबश्यक पर्ने एक सयवटा कुण्ड निर्माणको काम अहिले भैरहेको छ । ति सबै कुण्ड शास्त्रीय बिधि अनुसार नै निर्माण गरिन लागेको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती महाराजको भनाई छ । ‘कि त एउटा मन्दिरभित्र एक सयवटा कुण्ड बनाउनुपर्यो, नत्र हरेक कुण्डमा गजुर सहितको मन्दिरको रुप दिनुपर्ने शास्त्रीय मान्यता अनुरुप एक सयवटा मन्दिर निर्माणसंगै प्रत्येक मन्दिरमा कुण्ड निर्माण गरिन लागेको छ ।’ ति कुण्डको निर्माणमा मात्र करिब एक करोड रुपैया खर्च हुने अनुमान गरिएको महायज्ञ संकल्पकर्ता बिजय कृष्णमुर्तीले जानकारी दिए।
महायज्ञको लागि आबश्यक पर्ने संरचना अस्थायी रुपमा तयार गरिने भएपनि सबै संरचना बलियो बनाइएको आयोजकको भनाई छ । महायज्ञस्थलमा प्रवचन कक्ष, भजन प्रतियोगिता कक्ष, प्रसाद ग्रहण कक्ष, अतिथि कक्षसहित आबश्यकता अनुसारका विभिन्न सुबिधा सम्पन्न कक्षहरुको निर्माणले तिब्रता पाएको छ । महायज्ञमा पोखरा भित्र र बाहिरबाट मात्र नभएर भारतबाट समेत भक्तजनको उपस्थिति हुने भएकोले पनि महायज्ञस्थलको सजावट गर्ने कुरालाई पनि महत्व दिईएको छ ।
यसका साथै बैशाख जेष्ठको समयमा बर्षा सहित हावाहुरी चल्न सक्ने कुरालाई समेत दृष्टिगत गरि टेन्ट वा पन्डाल निर्माणमा बिशेष साबधानी अपनाइएको मूल आयोजक समितिका सहसंयोजक पार्बता पौडेलको भनाई छ । करिब एक सय रोपनी जग्गामा महायज्ञको लागि आबश्यक संरचना निर्माण कार्य भैरहेको देखिरहेका स्थानीय सर्बसाधारणले पनि छोटो समयमा पनि ब्यबस्थित र बलियो संरचनाको निर्माण भैरहेको भन्दै खुसि प्रकट गरे।
महायज्ञको लागि आबश्यक संरचना निर्माणको लागि करिब दुईसय जनाले दिनरात नभनी काम गरिरहेका ति संरचना निर्माणको लागि आबश्यक पर्ने विभिन्न सामग्री पोखराबाट एबम पोखरा बाहिरबाट ल्याएर कामलाई तिब्रता दिईएको छ। महायज्ञको तयारीमा एबम अन्य क्रियाकलाप गर्न सहज होस् भन्ने उद्धेश्यले महायज्ञ स्थल नजिकै राजमार्गमा नै एउटा घर पुरा भाडामा लिएर सम्पर्क कार्यालय खोलिएको छ। उक्त भवन सम्पर्क कार्यालय सहित अन्य विभिन्न कामको लागि उपयोग गरिएको छ।
महायज्ञको लागि आबश्यक पर्ने खाधान्न, रुद्राक्षको माला, महायज्ञस्थलको सजावटको लागि आबश्यक पर्ने फुल र माला लगायतका विभिन्न सामग्री समेत आयोजकले नेपाल बाहिरबाट ल्याइसकिएको छ। महायज्ञ आयोजक संस्था मानव सेवा फाउन्डेसनलले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महायज्ञको तयारी करिब ७५ प्रतिशत पुरा भएको जानकारी दिईएको थियो।
महायज्ञको लागि अब आन्तरिक ब्यबस्थापनकोकाम मात्र बाँकी छ। त्यसको लागि मूल आयोजक समितिभित्रबाट आबश्यकता अनुसारका विभिन्न उपसमिति बनाएर बाँकी कामलाई तिब्रता दिनुपर्ने भएकोले त्यसको लागि आबश्यक गृहकार्य भैरहेको छ। “आन्तरिक ब्यबस्थापन प्रभावकारी बनाउनसके मात्र पनि कोटीहोम हेर्न र सहभागी हुन नेपाल भित्र र बाहिरबाट लाखौँको संख्यामा धार्मिक पर्यटकको आगमन हुनेमा कुनै शंका छैन” कोटीहोमका संकल्पकर्ता बिजय कृष्णमुर्तीले भने।
पोखरा महानगरपालिकाले बर्ष २०२५ लाई पोखरा भ्रमण बर्ष भनेर घोषणा गरिसकेको र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको भएपनि पोखरामा पर्यटक भित्र्याउनको लागि ति दुवै सरकारले खासै पहल गर्न नसकेको अबस्थामा कोटीहोमको माध्यमबाट मात्र पनि लाखौँको संख्यामा पर्यटक भित्रिन सक्ने देखिएको छ।
“पोखरामा एउटा महत्वपुर्ण र बिशाल धार्मिक कार्य हुँदै छ, यसको माध्यमबाट ठुलो संख्यामा पर्यटकहरु पोखरा भित्रिने निश्चित छ। तसर्थ, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पनि यो कार्यक्रमलाई अपनत्व लिएर अगाडी बढ्न सके धार्मिक पर्यटकको संख्या आगामी दिनमा पनि बढ्ने निश्चित हुन्छ। ” कोटीहोमको मूल आयोजक समितिका उपसंयोजक मध्येका एक दिपक आचार्यले गुरुकुल खबरसंग भने।
महायज्ञ सम्पन्न गर्नको लागि गठित समितिको निर्देशकमा शंकर खराल र सह निर्देशकमा युबक लामिछाने रहेको छन भने मूल आयोजक समितिको संयोजकमा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, सह संयोजकमा गंगाधर पराजुली सहित हरिहर भण्डारी, पार्वती पौडेल, कृष्ण थापा, लक्ष्मण पौडेल, प्रजापति पराजुली, गीमाया गुरुङ, धर्मराज अधिकारी, महेश पराजुली र गणेशबहादुर ढकाललाई चयन गरिएको र अन्य केहि संयोजक चयन हुने क्रममा रहेको बुझिएको छ।
महायज्ञ मूल समितिको उपसंयोजकहरुमा भुपेन्द्र गिरि, लक्ष्मण बाँस्तोला, उमाकान्त पौडेल, युबराज बस्नेत, विश्वराज सापकोटा, नगेन्द्र गुरुङ, तुलसी दाहाल, दिपक आचार्य, दुर्गा केसी, दुर्गा अधिकारी, उत्तम पौडेल, नारायण गुरुङ, अर्जुन खनाल, दुर्गा पाण्डे, बबिता मल्ल, हिक्मत कुँवर, सुर्य भण्डारी, सिता काफ्ले, कृष्णप्रसाद पौडेल, गणेश बराइली, रोहित बस्नेत, कृष्ण जैसी, रामप्रसाद बाँस्तोला, ऋषिराम चालिसे, गणेशबहादुर थापा, सबिता भण्डारी सुबेदी र डा. तुलसी प्रसाद खनाल लगायतलाई राखिएको छ।
यस अगाडी आइतबार पोखरामा पत्रकार सम्मेलन र संकल्प सभा आयोजना गरेर कोटीहोमको बारेमा जानकारी गराइएको थियो । आइतबार संकल्पसभामा बोल्दै कोटीहोमका संकल्पकर्ता बाल योगेश्वर विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका थिए ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिँदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणले गण्डक क्षेत्रको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिएका थिए । कोटिहोम महायज्ञमा संकलन भएको रकम मध्ये खर्च व्यवस्थापन भएर बाँकी रहेको रकम पोखरा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि खर्च गर्ने लगायतको बिषयमा पनि जानकारी दिए। महायज्ञ सम्पन्न गर्न मात्र पनि करिब २५ करोड खर्च लाग्ने अनुमान गरिएको मानव सेवा फाउन्डेसनले जनाएको छ।
भारतबाट धेरैजना धर्मगुरुहरुले महायज्ञमा आउने आश्वासन दिएको जानकारी दिंदै संकल्पकर्ता बिजय कृष्णमुर्तीले भने ‘एक त नेपालमा हुन लागेको एतिहासिक कोटीहोम महायज्ञ, त्यसमाथि पोखरा जस्तो सुन्दर शहरमा हुने खबरले वहाँहरु धेरै उत्साहित हुनुहुन्छ, त्यसैले पनि ठुलो संख्यामा धर्मगुरु सहित अन्यको सहभागिता रहने निश्चित छ।’ हालसम्म पोखरामा हुने कोटीहोममा पण्डित दिनबन्धु पोखरेल, देबी प्रतिभा, चन्द्रकला शाखी, चैतन्य कृष्ण, र अनुराधा पाण्डे लगायतले महायज्ञमा कथाबाचन गर्ने निश्चित भैसकेको छ भने अन्य प्रसिद्ध कथा बाचकहरु समेत आउने तयारीमा अरहेको बुझिएको छ ।
महायज्ञकै क्रममा बिबाह, ब्रतबन्ध र चौरासी पुजा समेत गरिने किसिमले कार्यक्रम तय गरिएको छ धार्मिक र आध्यात्मिक परिवेशमा महायज्ञ संचालन हुने बताउंदै उनले महायज्ञ अबधिमा विभिन्न धार्मिक, सामाजिक एबम राजनीतिक व्यक्तित्वको आगमन हुने र बिभिन्न कलाकारद्वारा गीत संगीत, भजन, झाँकी, देबलिला आदि प्रस्तुती रहनेछन महायज्ञमा ५० लाख भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ। महायज्ञ स्थल परिबर्तन भएको कारण यस अगाडी गरिएको भुमिपुजन कार्य आगामी बैशाख ३ गते गरिने भएको छ। कोटीहोम महायज्ञको पुर्बांग बैशाख १७ गते गरिने, हवानात्मक कामहरु बैशाख १९ गतेबाट गरिने र बैशाख २६ गतेका दिन महायज्ञको बिधिबत पुर्णाहुति गरि समापन गरिने जानकारी महायज्ञका सह निर्देशक युबक लामिछानेले दिए।
कोटीहोम महायज्ञ: बिस करोड बढी खर्च हुने, आइतबार हुने संकल्प सभामा मूल आयोजक समिति घोषणा गरिने
पोखरामा हुने कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना
पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक
कोटीहोम हुने निश्चित, कोटीहोम रोक्न सक्रिय पोखरा महानगर अब कोटीहोमको अपनत्व लिने तयारीमा