Play

दुईवटा ड्रोन क्यामेरा र १५ वटा मोबाइल सहित स्यांग्जाका प्रेम गुरुङ पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा रंगशालामा फुटसल खेल्न गएका एक व्यक्तिको फुटसलको ड्रेस चेंजिंग रुमबाट मोबाइल र नगद चोर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

फुटसल खेल्न गएका एक युवाले आफ्नो कपडा चेन्ज गर्ने बेलामा चेंजिंग रुमबाट आईफोन सेट र केहि नगद समेत चोरी गरेर भागेका २३ बर्षीय प्रेम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

फागुन ६ गतेको दिन मोबाइल र नगद चोरीको घटना भएपनि फागुन ११ गतेमात्र प्रहरीले उनलाई पक्राऊ गरेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको समन्वयमा स्याङजाको बिरुवा गाउँ पालिका-८ आरुखर्क घर भएका प्रेम गुरुङलाई संकास्पद अवस्थामा फेला पारी निजको शरीर तथा घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल, ४ वटा चार्जर र २ वटा ड्रोन क्यामेरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

१२ फाल्गुन २०८१, सोमबार २२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा