Play

दिपल गाडीको शोरुम पोखरामा पनि संचालनमा

गुरुकुल खबर


पोखरा, पोखरामा दिपल गाडीको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रको लागि दिपलको आधिकारिक बिक्रेता हिमालय अर्गनाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले चाउथेमा शोरुम स्थापना गरेको हो ।

सो अवसरमा दिपल इ०७ गाडीको बिक्री शुभारम्भ समेत गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नाडाका अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा लगायतका अतिथिहरुको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।

दिपल शोरुममा फागुन १० देखि १४ सम्म टेष्ट ड्राइभसमेत सञ्चालन हुने जनाइएको छ । सो अवसरमा विशेष छुटमा गाडीको बुकिङ लिइने बताइएको छ।

विद्युतीय गाडी दिपल पोखरामा बिक्री सुरुवात भएको छोटो समयमा नै लोकप्रिय बनेको अध्यक्ष थापाले बताए । विद्युतीय गाडीको माग बढिरहेको अवस्थामा पोखरामा दिपल थप लोकप्रिय हुने र धेरैको विश्वास प्राप्त हुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रदान हुने उनले बताए ।

९ फाल्गुन २०८१, शुक्रबार २३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा